• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

निर्मला हत्या प्रकरण : सरकारी वकिलसामु के भनेका थिए विष्टले? यस्तो थियो उनको बयान [भिडियो]

64x64
नारायण अधिकारी बुधबार, वैशाख ४, २०७६  १५:१०
1140x725

काठमाडौं– निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना पुग्न लागिसक्यो। तर, हत्यारा रहस्यको गर्भमै छ। थुपै अनुसन्धान टोलीलाई माथ खुवाउने यो घटना नेपाल प्रहरीका लागि घाँटीमा अड्किएको ठूलो हड्डी जस्तै भएको छ। न त भित्र नै पस्न सकेको अवस्था छ, न बाहिर निकाल्न सकिएको छ। जसकारण यसको चौतर्फी आलोचनामा सिंगो प्रहरी संगठन नै मुछिएको छ। 

सोही प्रकरणमा कतिपय प्रहरी अधिकारीले जागिरबाटै हात धुनुपर्‍यो। कतिपय महिनौं बितिसक्दा समेत निलम्बनको सिकार भइरहेकै छन्। 

अनुसन्धान गर्दागर्दै जागिर नै जाने अवस्था आउनु र निलम्बनमै पर्नुपरेपछि यसले अपराध अनुसन्धानमा दीर्घकालीन असर पर्ने विज्ञहरु बताउँछन्। ‘गुड फेथ’ रहेर काम गर्दागर्दै यस्तो अवस्था आउन थालेपछि जोखिम  अनुसन्धान गर्न प्रहरीलाई  गाह्रो हुने विज्ञहरु बताउँछन्।

प्रहरी अधिकारीको जागिर नै खोसिने र निलम्बन बनाउनेसम्म भएको यो चर्चित घटनाको केही पाटा अझै पर्दापछाडि नै छन्। प्रमाण नष्ट गरेको, निर्दोषलाई फसाउन खोजेको, अभियुक्तलाई यातना दिएको, कुशल ढंगले जिम्मेवारी बहन गर्न नसकेको जस्ता आरोप अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई लाग्दै आएको छ। 

यो घटनामा दिलीपसिंह विष्ट एक यस्तो पात्रका रुपमा खडा भए, जसलाई प्रहरीले अपराधी करार गर्‍यो। प्रहरीले यातना दिएर अपराध स्विकार्न लगाएको समेत भनिएको छ। तर विष्टलाई नै अपराधी बनाउनु पर्ने कारण चाहिँ के हो? यसको उत्तर खोज्ने प्रयास गरिएको छैन। बिनाप्रमाण यस्तो आरोप खेप्नुपरेको अनुसन्धानमा संलग्न प्रहरी नै बताउँदै आएका छन्।

प्रहरीले यातना दिएर विष्टलाई अपराध स्किार्न लगाएकै हो त ? तर यसको पर्याप्त कारण कोहीसँग पनि छैन। तर विष्टले प्रहरीसमक्ष मात्रै होइन सरकारी वकिल समक्ष समेत निर्मलाको हत्या आफैले गरेको बताएका थिए। जुन भिडियो नेपाल लाइभले फेला पारेको छ। नेपाल लाइभलाई प्राप्त भिडियोमा विष्टले हत्या आफैंले गरेको स्विकार गरेका छन्।

विष्टलाई पक्राउ गरिसकेपछि म्याद थप गर्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा एक दिन जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता खेमराज भट्टले समेत आरोपित विष्टको बयान लिएका थिए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनले विष्टलाई केही प्रश्न सोधका थिए। जहाँ विष्टले निर्धक्क हत्या आफैंले गरेको बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

बयानको भिडियो-

उनले बयानमा भनेका छन्-

‘साइकल बनाइदिम् भनेर चिँ हेन्डल समातेँ। हेन्डलको भित्रबाट पसौं भनेर चाहिँ.. चेन कभर त बीचमा हुन्छ नि! यस्तरी समातिराख बहिनी भनेँ मैले तिनलाई। हेन्डिल, चक्कालाई बीचमा पारेर अगाडिबाट यसो समात भनेँ। उनले यसो समातिन्। तर सिधै चलाउने। यसरी घुडाँ चढाऊ भनेँ..। तर मेरो शरीर दूधमा लाग्यो तिनको। तर तिनले केही भनेन। बहिनी यता आउन भनेँ। यता आयो। …त्यसपछि खोलाको तल साइकल फालिदिए। साइकलमा किताब पनि थियो। त्यसपछि तानेर उनलाई पारि लगेँ। घाँटी थिचेर मारेँ। यस्तरी अँगालोमा बोकेर लगेर उखुझाडीमा फालेँ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले समेत केही प्रश्न त्यसबेला विष्टलाई सोधेका थिए। उनकै अगाडि विष्टले निर्मलालाई आफूले मारेको कहानी बताएका थिए।

तर सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता भट्टले साबिती बयान भने गराएनन्। त्यसबेला कञ्चनपुर लगायतका जिल्लामा आन्दोलनले उग्र रुप लिएको थियो। निर्दोष विष्टलाई प्रहरीले फसाउन खाजेको भन्दै आन्दोलन एकाएक चर्कियो। त्यसैको असर हुन सक्छ आफ्नै अगाडि हत्या गरको स्वीकार गर्दा पनि न्यायाधिवक्ता भट्टले विष्टको साबिती बयान गराउन तयार भएनन्। पछि प्रस्ट प्रमाण पुग्ने भिडियो समेत अदालतमा पेस गरिएन।

‘मेरो मानसिक सुन्तलन ठिक छ’
बलात्कार र हत्यामा संलग्न दोषी उम्काउन मानसिक सन्तुलन ठिक नभएको विष्टलाई प्रहरीले पक्राउ गरेर फसाउन लागेको भन्दै आलोचना समेत भयो। मानसिक सन्तुलन ठिक नभएको व्यक्तिले कसरी हत्या गर्‍यो? कसरी शव व्यवस्थापन सहजै गरिदियो? जस्ता प्रश्न समेत गरिएका थिए। तर विष्ट स्वयंले सरकारी वकिलसमक्ष दिएको बयानमा आफ्नो मानसिक सन्तुलन ठिक भएको बताएका छन्।

जिल्ला सरकारी वकिल कार्यालयमा लिएको बयानको पहिलो प्रश्नमा नै उनलाई सोधिएको थियो, ‘तपाईंको शारीरिक एवं मानसिक अवस्था कस्तो छ? सोधिएका प्रश्नको जवाफ दिन सक्नुहुन्छ कि हुँदैन?’

‘मेरो शारीरिक एवं मानसिक अवस्था ठिक छ। सोधिएका प्रश्नको जवाफ स्वतन्त्रपूर्वक दिन सक्छु,’ उनले भनेका थिए।

प्रहरीले यातना दिएकै हो? 
विष्टलाई यातना दिएको भन्दै उनका दाजुले जिल्ला अदालत कञ्चनपुरमा मुद्दासमेत दायर गरेका थिए। उक्त मुद्दाका आरोपित प्रहरीलाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा समेत रिहा गरिसकेको छ। एसपी दिल्लीराज विष्ट १० लाख, डिएसपी अंगुर जिसी ९ लाख र अन्य प्रहरी अधिकारीले पनि धरौटी रकम तिरेर रिहा भइसकेका छन्।

तर जिल्ला सरकारी वकिलकै कार्यालयमा अनुसन्धानकर्ता प्रहरी निरीक्षक एकेन्द्र खड्काले लिएको बयानमा विष्टले आफूलाई कुनै यातना नदिइएको बताएका छन्। 

बयानको ४ नम्बर बुँदामा विष्टलाई सोधिएको थियो, ‘प्रस्तुत मुद्दामा प्रहरीले तपाईलाई पक्राउ गर्दा वा तपाईं प्रहरी हिरासतमा बस्दा कुनै कसैबाट यातना पाउनुभएको छ कि छैन? खुलाइदिनुहोस्।’

विष्टले जवाफमा भनेका छन्, 'प्रस्तुत मुद्दामा प्रहरीले मलाई पक्राउ गर्दा वा प्रहरी हिरासतमा बस्दा कुनै कसैबाट शारीरिक तथा मानसिक यातना पाएको छैन।’

'तपाईंलाई कसैले करकाप लगाएर अपराध स्विकार्न लगाएको छ?' भन्ने आसयको प्रश्नमा दिलीपसिंह विष्टले ‘प्रस्तुत मुद्दामा मबाट बयान लिँदा कुनै करकाप लगाएको छैन’ भनेर जवाफ दिएका छन्।

प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्