एजेन्सी- मलेसियाको सेपाङमा भएको बस दुर्घटनामा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ।
४३ वर्षीय चालकसहित ११ जनाले ज्यान गुमाएको स्थानीय अधिकारी जुल्किफ्ली अदामशाहले जानकारी दिए। दुर्घटनामा ५ बंगलादेशी, ३ इन्डोनेसियन महिलाको समेत मृत्यु भएको हो।
घटनामा ५ जना गम्भीर घाइते भएका छन्। गम्भीरसहित अन्य घाइतेहरुको सेरदाङ, पुत्रजया, बान्टिङ र कजाङका अस्पतालमा उपचार भइरहेको छ।
उक्त दुर्घटना स्थानीय समय अनुसार आइतबार राति ११:१० मा भएको हो। बसमा ४३ जना सवार थिए। उनीहरु एमएएस कार्गो कम्प्लेक्समा कार्यरत कामदार हुन्।
चालकको असावधानीकै कारण दुर्घटना भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।