काठमाडौं– च्यवनप्रासको बट्टामा राखेर चरेश तस्करी गर्न खोज्ने यक्रुेनी नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । युक्रेनी नागरिक ४० बर्षीय इन्को लोरेन्कोलाई प्रहरीले चरेशसहित पक्राउ गरेको हो । होल ब्याग चेकिङको क्रममा च्यवनप्रासको दुई वटा बट्टा भित्र र प्रयोग गरेको जुत्ताको सोल भित्र लुकाई ल्याएको २ के.जी. चरेस बरामद गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरोले उनीमाथि अनुसन्धान अघि बढाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।