काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई तर्सिने बानी नपरेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् ।
उनले तर्साउनेहरू धेरै आएपनि आफूलाई तर्सिने बानी नपरेको कताए । उनले भने,‘अहिले ठिक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’
यसअघि आइतबार प्रधानमन्त्री बालेन शाहले फेसबुकमा स्ट्याटस लेख्दै एक–दुई जनालाई उम्किने सपना नदेख्न चेतावनी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।