लमजुङ– सुन तस्करहरुले मनाङबाट समेत सुन तस्करी थालेका छन् । रसुवाबाट तस्करी गर्नेहरुले मनाङको रुट प्रयोग गर्न थालेको प्रहरीले जनाएको छ ।
मनाङ हुँदै चीनबाट ल्याइएको करिब १७ किलो सुन बिहिबार लमजुङमा बरामद भएको छ । प्रहरीले मस्र्याङ्दी गाउँपालिकाको खुदीबाट पासाङ गुरुङलाई सुनसहित पक्राउ गरेको हो। मनाङबाट मोटरसाइकलमार्फत झर्दै गरेका उनी प्रहरीको चेकिङमा पक्राउ परेका हुन् । तस्करहरुले मनाङ र लमजुङको बाटो प्रयोग गर्न थालेको र आफुहरुले निगरानी बढाएको लमजुङका डिएसपी डीएसपी पदमबहादुर विष्टले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।