काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा आज मंगलबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
आजको पहिलो खेल नेपाली समयअनुसार दिउँसो १२:३० बजे सुरु हुनेछ। प्रतियोगिताको यो १२औँ खेल हो।
त्यस्तै, आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन्। यो खेल दिउँसो ४:३० बजे सुरु हुनेछ। प्रतियोगिताको १३औँ खेलका रूपमा रहेको यो प्रतिस्पर्धा दिनरात खेलाइनेछ।
दुवै खेल कीर्तिपुरमा आयोजना हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।