काठमाडौं- नेपाली सम्पर्क समिति दक्षिण कोरिया(एनसिसी)ले कोरियमा बुद्ध प्रतिमा स्थापना गरेको छ। तर प्रतीमा स्थापनाबाट बचेको रकमका विषमया भने विवाद देखिएको छ। बचेको रकम एनसिसी मातहतमा नभई छुट्टै रहेको भनी स्पष्ट पारिदिन एनसीसीले सचिवालय समितिसँग माग गरेपछि यस विषममा भएको विवाद बाहिरिएको हो।
एनसीसीले एक विज्ञप्ति प्रकाशित गरी बुद्ध प्रतिमा स्थापनाका लागि छुट्टै सचिवालय समिति गठन भएको र सो समितिले आफ्नै हिसाबले काम गरेको भनी यथार्थ जानकारी गराउन माग गरेको हो।
एनसिसीका महासचिव निर्मल बेल्वासेले सामाजिक सञ्जालमा बुद्ध प्रतिमा स्थापनाका लागि संकलित रकमको पारदर्शिताका विषयलाई लिएर एनसिसीलाई जोडेर टिकाटिप्पणी हुने गरेको भन्दै उक्त विषयमा स्पष्ट पारिदिन माग गरिएको बताए।
महासचिव बेल्वासेद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘बुद्ध प्रतिमा स्थापनाको प्रयोजनका लगि संकलन गरिएको मौज्दात रकम कहाँ छ? सो विषयमा सार्वजनिक सुनुवाई मार्फत प्रष्ट पारिदिन 'बुद्ध स्थापना अभियान-२०१८' दक्षिण कोरियाको सचिवालयलाई नेपाली सम्पर्क समिति (एनसिसी) विज्ञप्तिमार्फत आग्रह गर्दछ।’
सचिवालय समिति गठन गर्दा बुद्ध प्रतिमा स्थापनाका क्रममा हुने आयव्ययको जिम्मेवार एनसिसी हुने मौखिक सहमति भएपनि हाल आएर समितिको कुरा फेरिएको महासचिव बेल्बासेको आरोप छ।
उता सचिवालय समितिकी संयोजक अञ्जु केसीले भने सो रकम एनसिसी मातहतमा नरहने स्पष्ट पारेकी छन्।
संयोजक केसीले सचिवालय समिति क्रियाशिल संघसंस्थाहरुका प्रतिनिधिहरुको साझा समिति भएकाले उक्त रकम एनसिसी स्वामित्वमा नजाने बताइन्।
आर्थिक पारदर्शिताको विषयमा यसअघि पनि पटकपटक सार्वजनिक गरिएको बताउँदै यस विषयमा शंका नगर्न केसीले आग्रह गरिन्।
बुद्ध प्रतिमा स्थापना पश्चात बचेको सम्पूर्ण रकम सचिवालय समितिका कोषाध्यक्ष तथा संयोजक भक्त शेरचनकै जिम्मामा रहेको केसीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।