बझाङ- ट्रयाक्टरको ट्रलीबाट खसेर बझाङ जिल्लामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ बस्ने २४ वर्षीय लोकेन्द्र रोकाया रहेका छन्।
बझाङको खप्तड छान्ना गाँउपालीकाबाट बाजुरातर्फ जाँदै गरेको म १ त १११७ नम्बरको ट्रयाक्टरको ट्रलीवाट खसेर रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी गम्भीर घाईते भएका रोकायालाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको हो। ट्रयाक्टर र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।