काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सिके राउतको नेतृत्वमा ’जनमत पार्टी’ गठन, संवैधानिक प्रक्रियाबाटै संघर्ष गर्ने प्रतिबद्धता, कार्यकर्तामाथिको मुद्दा फिर्ताको पहल गर्न ३ सदस्यीय समिति गठन
२) प्रचण्ड र राउतको तुलना हात्ती र हात्तीछाप चप्पल जस्तै भएको डा.भट्टराईको टिप्पणी, प्रधानमन्त्रीलाई सेना परिचालनको अधिकार ’कू’ गर्ने बाटो भएको तर्क
३) सुमार्गीले फर्काएनन् इन्भेष्टमेन्ट बैंकमा २ अर्ब, प्रधानन्यायाधीश राणाको इजलासमा मुद्दा, चैत २८ मा फैसला आउने
४) अभिनेत्री रेखा थापाले किनिन् क्रिकेट टिम, बनिन् काठमाडौं सुपर च्याम्पियन्सको मालिक
५) र, ब्रेक्जिट प्रक्रियालाई धेरै नलम्ब्याइने बेलायती प्रधानमन्त्री मेको भनाई, तत्काल मतदान प्रक्रियामा नजाने जिकिर
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।