दाङ- राेल्पाबाट दाङकाे घाेराहीतर्फ आउँदै गरेकाे बस दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्। बस दाङको घाेराही नगरपालिका-१३ बाह्रकुने नजिक दुर्घटना भएको हो।
ना ४ ख ६०९४ नम्बरको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। अहिले उद्धार कार्य जारी रहेको बताइएको छ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।