काठमाडौं- गुणस्तरहीन सिमेन्ट बजारमा पठाउने मनसा सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्ट बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ।
गुणस्तर तथा नापतौल विभागले मनसा उद्योगले उत्पादन गरेको ब्याज नम्बर १२–११–२०७५ को पिपिसी सिमेन्टको बिक्रीमा प्रतिबन्ध लगाउँदै स्पष्टीकरण समेत माग गरेको छ। यो ब्याच नम्बर भन्नाले २०७५ फागुन १२ गते उत्पादन भएको सिमेन्ट बझिन्छ।
विभागले सिमेन्टमा आइआरको मात्रा अधिकतम २८ प्रतिशत हुन पर्नेमा ३१ दशमलव २ प्रतिशत भएको भन्दै बिक्री वितराणमा प्रतिबन्ध लगाएको हो।
सिमेन्टको बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै नेपाल गुणस्तर प्रमाण चिह्न ऐन तथा नियमावलीको दफा १६ अनुसार कानुनी कारबाहीका लागि स्पष्टीकरण माग गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।
मनसा सिमेन्ट झापाको चन्द्रगढीबाट उत्पादन भइरहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।