काठमाडौं- आगामी चैत १५ र १६ गते आयोजना हुने दोश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनका लागि लगानी बोर्डले सरकारी क्षेत्रबाट ४६ वटा र निजी क्षेत्रबाट १७ वटा आयोजनालाई 'प्रोजेक्ट बैंक'का रुपमा राख्ने भएको छ।
लगानी सम्मेलनमा मुख्यतय: यीनै आयोजनाहरुमा आधारित भएर सरकारले विदेशी लगानीका लागि आह्वान गर्न लागेको हो।
विदेशी लगानीकर्तालाई नेपालका कुन आयोजनामा लगानी गर्ने भनेर अन्यौलता नहोस् भन्ने उद्देश्यले प्रोजेक्ट बैंक तयार पारिएको लगानी बोर्डको कार्यालयले जनाएको छ।
लगानी सम्मेलनमा आउने लगानीकर्ताहरुले यी आयोजनाहरुका बारेमा विस्तृत जानकारी पाउनेछन् भने उपयुक्त ठानेमा लगानीका लागि सम्मेलनमार्फत नै प्रतिबद्धता जनाउनेसमेत अपेक्षा गरिएको छ।
बोर्डले करीब २५ खर्ब रुपैयाँ बराबरका ४६ वटा सरकारी परियोजनालाई समेटेको छ। यसरी छनाेट भएका आयोजनाहरुमा कृषि, पर्यटन, उद्योग, पूर्वाधार, फोहोरमैला व्यवस्थापन र शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
कृषि क्षेत्रका आयाेजना (लागत रकम, रुपैयाँमा)
वीरेन्द्रनगर कृषि पूर्वाधार– ३४ अर्ब ६५ करोड
कृषि पूर्वाधार (बनेपा र चितवन)– ४८ अर्ब ७३ करोड
कृषि पूर्वाधार पर्सागढी– ६७ अर्ब १० करोड
तिलोत्तमा कृषि पूर्वाधार– ७२ अर्ब ५ करोड
उर्लाबारी कृषि पूर्वाधार– ५९ अर्ब ९४ करोड
गोदावरी कृषि पूर्वाधार– ३४ अर्ब ५४ करोड
रासानिक मल– ७ अर्ब १५ अर्ब
हेम्जा कृषि पूर्वाधार– ६१ अर्ब ९२ करोड
पर्यटन क्षेत्रका आयाेजना (लागत रकम, रुपैयाँमा)
दोलखा फिल्म सिटी– २ अर्ब ७५ करोड
लुम्बिनी स्मार्ट सिटी– ४ अर्ब २९ करोड
शे–फाेक्सुन्डो रिसोर्ट– ११ अर्ब
दमौली पर्यटन– ६ अर्ब ५५ करोड
जानकी क्षेत्र विशेष आयोजना– २ अर्ब २० करोड
तलतलैया पर्यटन– ४ अर्ब ५१ करोड
स्की रिसोर्ट मनाङ– ११ अर्ब
धनगढी विमानस्थल– २८ अर्ब ३८ करोड
विराटनगर विमानस्थल– ४० अर्ब ४ करोड
जलजिद्युत आयाेजना (लागत रकम, रुपैयाँमा)
सुनकोशी-२ जलविद्युत आयाेजना – १ खर्ब ९७ अर्ब
सुनकोशी-३ जलविद्युत आयाेजना – १ खर्ब १० अर्ब
नलगाढ जलविद्युत आयाेजना – १ खर्ब ४ अर्ब
एसआर–६ जलविद्युत आयाेजना – ८८ अर्ब
तमोर जलासययुक्त जलविद्युत आयाेजना – १ खर्ब ६ अर्ब
पश्चिमसेती जलविद्युत आयाेजना – २ खर्ब ५० अर्ब
उद्योग क्षेत्रका आयाेजना (लागत रकम, रुपैयाँमा)
सिमरा क्षेत्र– ४ अर्ब ९३ करोड
मोतिपुर औधोगिक क्षेत्र– ८ अर्ब ८२ करोड
नौबस्ता औधोगिक क्षेत्र– ८ अर्ब ५३ करोड
पूर्वाधार क्षेत्रका आयाेजना (लागत रकम, रुपैयाँमा)
सम्मेलन केन्द्र भक्तपुर– १ अर्ब ७६ करोड
धुलिखेल ड्रिमरल्यान्ड– ४ अर्ब ७३ करोड
निजगढ विमानस्थल– ३ अर्ब ३० करोड
पूर्व–पश्चिम विद्युतीय रेल– ३ अर्ब ३० करोड
काठमाडौं-पोखरा-लुम्बिनी रेल– ३ खर्ब ६९ अर्ब
काठमाडौ मेट्रोरेल– ३ खर्ब ३० अर्ब
फोहोरमैला व्यवस्थापनतर्फका आयाेजना (लागत रकम, रुपैयाँमा)
बुटवल फोहोर व्यस्थापन– ९५ करोड ५० लाख
जनकपुर फोहोर व्यवस्थापन– ७० करोड ४० लाख
रत्ननगर फोहोरमैला– ५० करोड ५० लाख
धुलिखेल फोहोरमैला– ४७ करोड ३० लाख
जीतपुर फोहोर व्यवस्थापन– ९१ करोड ३० लाख
रामग्राम तिलौराकोट बस र्यापिड– १ अर्ब ९० करोड
सुरदूरपश्चिम परिवहन– ३ अर्ब ३१ करोड
हेटौंडा स्मार्टसिटी– ३ अर्ब ३० करोड
शिक्षा क्षेत्रका आयाेजना (लागत रकम, रुपैयाँमा)
गण्डकी प्राविधिक विश्वविद्यालय– ६ अर्ब ७१ करोड
शिक्षा, खेलकुद स्वास्थ्य शहर– ११ अर्ब
रोलवालिङ सहासिक शिक्षालय– ४ अर्ब १५ करोड
धुलिखेल मेडिटिसी– ८ अर्ब १४ करोड
निजी क्षेत्रका परियोजनाहरु (लागत रकम, रुपैयाँमा)
कालिगण्डकी गर्ज– २९ अर्ब ५१ करोड
तल्लो वरुणखोला– २७ अर्ब ५० करोड
गरुड सिमेन्ट– १४ अर्ब १० करोड
नम्लान खोला– ३८ अर्ब ५० करोड
म्याग्दीखोला– ११ अर्ब
मध्यकालिगण्डकी– १० अर्ब ५ करोड
रिसाेर्स हिमालय रिसोर्ट– ६ अर्ब १६ करोड
माथिल्लो बलेफी– ७ अर्ब ९७ करोड
मालिल्लो बलेफी 'ए'– ६ अर्ब १० करोड
तारपखोला– ८ अर्ब ४७ करोड
त्रिशुली गल्छी– ५ अर्ब ८३ करोड
इन्गबा खोला– ३ अर्ब ३० करोड
माथिल्लो चमेलिया– ७ अर्ब ७० करोड
जालपादेवी केवलकार– १ अर्ब ७६ करोड
अन्नपूर्ण केवलकार– ३ अर्ब ४१ करोड
स्वर्गद्वारी केबलकार– १ अर्ब ७६ करोड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।