काठमाडौं- संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बजेट कार्यान्वयनका विषयमा दिइएको निर्देशन पालना नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
आईतबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति दाहालले बैठकमा उनले यस्तो धारणा राखेका हुन्। यसका साथै सभापति दाहालले समयको ख्याल गर्न र समयमा नै बैठकमा उपस्थित हुन पनि समितिका सदस्य निर्देशन गरेका छन्।
सभापति दाहालले कार्यसूचीसँग केन्द्रित भएर छलफलमा भाग लिन समेत समितिका सदस्यहरुलाई निर्देशन दिए।
समितिका सभापति दाहालले कार्यसूचिसँग सम्बन्धित भएर समितिका सदस्यहरुले छलफलमा भाग नलिएकै कारण समितिको कार्य क्षमतामाथि प्रश्न उठने गरेको उल्लेख गर्दै आवश्यक सूचना र सम्बन्धित विषयको तथ्यांकसहित बैठकमा प्रस्तुत हुन पनि समितिका सदस्यहरुलाई सचेत गराएका हुन्।
समितिका सभापति दाहालले बजेट कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन सरकारलाई आवश्यक निर्देशन दिने दायित्व समितिको भएकाले सो विषयमा गम्भिर रुपमा प्रस्तुत हुन पनि समितिका सदस्यहरु गम्भिर बन्नुपर्ने आवश्यक्ता पनि औंल्याए।
समितिका सदस्यहरुको अनुपस्थितिका कारण बैठक स्थगित हुने अवस्था आउन दिन नहुने सभापति दाहालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।