• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

प्रहरीले दानमा पाएको जग्गा क्लबलाई?

६ महिनादेखि बन्द सटरबारे प्रहरी नै अनभिज्ञ
64x64
नारायण अधिकारी शनिबार, फागुन २५, २०७५  ११:०९
1140x725

काठमाडौं– महानगरीय प्रहरी प्रभाग कोटेश्वरको गेटैमा ‘कोटेश्वर सूचना केन्द्र’ लेखिएको एउटा सानो भवन छ। प्रभागको गेट छिर्ने बेला दायाँतर्फ बनेको उक्त सानो भवनको काम के हो, कसैलाई थाहा छैन।

उक्त भवनको उत्तरतर्फ दुई वटा सटर निकालिएको छ। तर ती सटर बन्द भएको ६ महिनाभन्दा बढी भइसक्यो। कुन उद्देश्यले भवन बनाइयो र किन बन्द भएको भन्नेबारे धेरै जनालाई थाहै छैन। 

सूचना केन्द्र भनेर खोलिएपछि पक्कै पनि समुदायसँग सम्बिन्धत विभिन्न सूचना आदानप्रदान हुनुपर्ने हो। तर उक्त केन्द्रबाट कसले के सूचना पाए? कसलाई कस्तो सूचना उपलब्ध गराइयो? सूचनाबाट समुदायले लाभ लिए, लिएनन्? यस्ता अनेक प्रश्नको जवाफ अहिलेसम्म कसैसँग छैन। अझ सेवाका हिसाबले खोलिएको केन्द्र बन्द किन भयो? 

यसबारे खोज्दै जाँदा हामीले केन्द्रको भित्री कथा पत्ता लगायौं, जुन निकै रोचक छ।

OOO

सूचना केन्द्रसँगै २०७१ भदौ ९ गते निर्माण सम्पन्न भएको थियो, महानगरीय प्रहरी प्रभाग कोटेश्वरको भवन। ७८ लाख ९० हजार ८ सय ६७ रुपैयाँको लागतमा बनेको प्रभाग भवनको तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्घाटन गरेका थिए। 

त्यसभन्दा अघि प्रहरी प्रभागको अवस्था दयनीय थियो। जुन एक तलाको रातो भवन थियो। एउटा सानो चौतारो र त्योभन्दा पछाडिपट्टि टिनको छानो भएको सिमेन्टको ब्लकको पर्खाल लगाएको एउटा छाप्रो। त्यहीँ सुत्थे, प्रहरी जवान र हवल्दार।

Ncell 2
Ncell 2
nimb
nimb

एक तलाभन्दा माथि इँटाको गारो लगाएर खपटाले छाएर एउटा कौशी निकालिएको थियो। इन्चार्ज तथा प्रहरी निरीक्षकका लागि कौशीमा कोठा थियो। सई र असईका लागि कौशीपछाडि अर्को कोठा। जुनियर प्रहरी अधिकृत सई, असई त्यही सुत्थे। 

प्रभाग परिसरमै एउटा मन्दिर थियो। मन्दिर अहिले पनि जस्ताको त्यस्तै छ। प्रभागपछाडि तरकारी बजार थियो।

प्रहरी निरीक्षक सूर्यप्रकाश सुवेदी २०६८ मंसिर ६ गते प्रभागमा हाजिर भएका थिए। प्रभागको अवस्था दयनीय देखेपछि नयाँ भवन बनाउन उनैले पहल गरे। जसका लागि एउटा भवन निर्माण समिति गठन गरियो। समितिको अध्यक्षमा चुनिए भरतकुमार शाही। कालिकोटका शाही पेस्सीकोला बस्दै आएका छन्। उनी नेक्सस क्रिकेट एकेडेमीका अध्यक्षसमेत हुन्। नेपाली कांग्रेसमा आबद्ध उनी सामाजिक काममा अग्रसर हुने व्यक्ति हुन्। 

प्रहरी निरीक्षक सुवेदी र अध्यक्ष शाहीले त्यसबेला काटेश्वर आसपासका स्थानीयसँग चन्दा उठाएरै दुई तलाको भवन बनाए। तर भवनलाई अन्तिम स्वरुप दिने काम बाँकी नै थियो। अलपत्र भवन देखेपछि दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले स्वार्थसहितको एउटा प्रस्ताव ल्यायो- प्रहरी भवनलाई अन्तिम स्वरुप दिने र एनसेलले भवनको छतमाथि टावर राख्न पाउनुपर्ने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्वार्थसहितको उक्त प्रस्ताव मान्न लायक थिएन। अझ सरकारी जग्गा कुनै एक कम्पनीका लागि प्रयोग गर्न दिने अधिकार न प्रहरीलाई थियो, न त भवन निर्माण समितिलाई। समिति र प्रहरीले एनसेलको उक्त प्रस्ताव अस्विकार गरिदिए।

त्यसपछि सरस्वती युवा क्लबले घुमाउरो पारामा भवन फिनिसिङ आफूले गरिदिने र त्यसबापत प्रहरी प्रभागकै बाँकी रहेको जग्गामा अर्को सानो भवन बनाएर आफ्नो अफिस राख्ने समेत प्रस्ताव गर्‍यो। स्वार्थसहितको उक्त प्रस्ताव पनि अस्विकार भयो। 

भवन निर्माण सम्पन्न नहुँदै २०७१ बैसाख ८ गते प्रहरी निरीक्षक सूर्यप्र सुवेदीको सरुवा भयो। त्यसपछि आए प्रहरी निरीक्षक भरत लामा। उनको पालामा भवन निर्माणले खासै गति लिन सेकन। उनी ९ महिनामै बिदा भए। त्यसपछि २०७० पुस १६ गते प्रहरी निरीक्षक श्रीराम भण्डारीले कोटेश्वर प्रभागको जिम्मेवारी सम्हाले। उनकै पालामा उक्त भवन निर्माण सम्पन्न भयो। 

प्रभागकै अगाडि बन्यो अर्को भवन, ‘काटेश्वर सूचना केन्द्र।’

प्रभागको इन्चार्ज भण्डारी भएपछि सरस्वती युवा क्लबले घुमाउरो पारामा पहिलेकै प्रस्ताव ल्यायो। प्रहरी निरीक्षक भण्डारी, निर्माण समितिका अध्यक्ष शाही र सरस्वती युवा क्लबका अध्यक्ष शिक्षित पराजुलीबीच सम्झौता भएपछि प्रहरी चौकीको अन्तिम रुपमले गति लिएको थियो। प्रहरी भवनलाई अन्तिम रुप दिएपछि क्लबले प्रहरीकै जग्गामा कोटेश्वर सूचना केन्द्र नाम दिएर अर्को भवन बनायो।

त्यही सूचना केन्द्र लामो समयदेखि बन्द छ। 

प्रहरीलाई भवन बनाइदिएबापत आफूले उक्त भवन बनाएर प्रयोग गर्न पाउनुपर्ने भन्ने खालको घुमाउरो जवाफ क्बलको छ। भवन निर्माण भइसकेपछि पनि क्लबले आफूले प्रयोग गर्न पाउनुपर्छ भन्ने आशय प्रकट गरेपछि प्रहरी निरीक्षक भण्डारी छँदै विवाद उत्पन्न भएको थियो। तर उक्त भवन क्बले प्रयोग गर्नेबारे कुनै सहमति नभएको समितिका अध्यक्ष भरतकुमार शाही बताउँछन्। ‘क्लबले चलाउनेबारे कुनै सहमति भएको छैन। प्रहरी चौकीले आफ्नो तरिकाले प्रयोग गर्न पाउँछ। सहयोग गर्‍यो  भन्दैमा सरकारी जग्गा कुनै क्लबलाई दिने कुरा हुँदैन,’ अध्यक्ष शाहीले भने।

अध्यक्ष शाहीले यसो भने पनि प्रहरीले आफ्नै तरिकाले उक्त भवन चलाउने हैसियतमा देखिँदैन। नागरिक सहायता कक्ष, हिरासत कक्ष, ब्यारेक सबै एकै ठाउँमा हुँदा अस्तव्यस्त छ। हिरासतमा रहेकालाई सोधपुछ गर्ने गोप्य ठाउँसमेत छैन। यस्तो साँघुरो ठाउँमा कोटेश्वर सूचना केन्द्र लेखिएको उक्त भवन प्रहरीले प्रयोग गर्न पाए धेरै राहत मिल्ने स्थानीय बताउँछन्।

तर त्यति सजिलै प्रहरीले उक्त भवन प्रयोग गर्न सक्ने अवस्था देखिँदैन। यसबारे जिज्ञासा राख्दा कोटेश्वर प्रभागकी प्रहरी निरीक्षक एलिजा गिरीले भनिन्, ‘यो म आएदेखि नै बन्द छ। के उद्देश्यले खोलेर, किन बन्द गरियो थाहा भएन। उक्त भवन प्रहरीले प्रयोग गर्न पाए धेरै राहत मिल्ने थियो।’

प्रहरीले दानमा पाएको जग्गा क्लबलाई?
१० आना क्षेत्रफल ओगटेको उक्त जग्गा प्रहरीले दानमा पाएको हो। कोटेश्वरकै विनय शर्माले आफ्नो पुर्ख्यौली जग्गा २०२२ सालतिर प्रहरीलाई दिएका थिए। त्यसबेला उक्त जग्गाको लालपूर्जा थिएन। अहिलको भएको भवनभन्दा अघि दुई वटा भवन बनिसक्दा समेत जग्गाको लालपूर्जा बन्न सकेको थिएन।

२०६८ सालमा नयाँ भवन बनाउन सुरु गर्दा जग्गादाता शर्माले स्वेच्छाले उक्त जग्गा प्रहरी चौकीलाई दिएको कागजात बनाइयो। त्यसपछि प्रहरीले लालपूर्जाका कागजात पेस गरेको थियो।

प्रहरीले यसरी दानमा पाएको १० आना जग्गामध्ये केही जग्गा भने अहिले सरस्वती युवा क्बलले प्रयोग गर्दै आएको छ। दानमा पाएको उक्त जग्गा कसले कुन अधिकार प्रयोग गरेर क्लबलाई प्रयोग गर्न दिए? यसको जवाफ छैन। क्लबले बन्द गरेको उक्त भवनबारे माथिल्लो निकायमा रिपार्टिङ गरेर खुलाउन आफूले पहल गर्ने प्रहरी निरीक्षक गिरीले बताइन्।

भवन सम्पन्न गर्दाका प्रहरी निरीक्षक भण्डारी अहिले बढुवा भएर नेपाल प्रहरी स्कुल साँगामा कार्यरत छन्। भवन बनाउन सहयोग गरेबापत क्लबलाई जग्गा प्रयोग गर्न दिने सहमति भएको हो? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘नागरिक सहायता कक्ष बनाउने भनेर सहमति भएको हो। सोही प्रयोजनको उद्देश्यले भवन बनाइएको हो। पछि बनिसकेपछि क्लबले मैले प्रयोग गर्न पाउनुपर्छ भन्ने खालको कुरा गर्‍यो। हामीले त्यसबेलै मिल्दैन भनेका थियौं। क्लबले प्रयोग गर्ने भन्ने कुनै सहमति भएको छैन।'  

के भन्छन् क्लबका अध्यक्ष?
सरस्वती क्लबका अध्यक्ष शिक्षित भण्डारी हुन्। उक्त भवनका बारेमा नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘कोटेश्वर एरियाभरिको कलेज, त्यो एरियाको अन्य सूचना दिने भनेर सानो एउटा बिल्डिङ बनाएको हो। कसैलाई अफ्ठ्यारो नपरोस् भनेर काटेश्वर क्षेत्रको एउटा नक्सा कोरेर पनि राखेका थियौं। म पनि बाहिर बाहिरै भएँ। क्लबका केटाहरु पनि बाहिरै भएकाले त्यो त्यतिकै भएको छ। त्यहाँ एक जना मान्छे राखेर काम गराउने हाम्रो योजना छ।'

तर, कसले उक्त भवन प्रयोग गर्ने भन्नेबारे उनले प्रस्ट जवाफ दिन चाहेनन्। 

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  ११:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्