ललितपुर- पाटन क्षेत्रमा मनाइने प्रसिद्ध कात्तिक नाच सुरु भएको छ।
कात्तिक महिनाभरि सञ्चालन गरिने यो नाच पाटन (ललितपुर) को प्रसिद्ध नाच हो। हरेक वर्ष कात्तिक कृष्ण प्रतिपदादेखि कात्तिक शुक्ल पूर्णिमासम्म देखाइने यो नाचको अवधि भने केही वर्षयता छोट्याइएको छ।
मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिकमा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिएको हो। यो नाचले ऐतिहासिक मल्लकालको संस्कृति झल्काउने गरेको छ। त्यो समयका मानिसहरूको रहनसहन, व्यवहार तथा सांस्कृतिक गतिविधिलाई नाचमार्फत प्रस्तुत गरिँदै आइएको छ।
यसपालि कात्तिक ७ गते सुरु भएको नाच कात्तिक १८ गते सकिँदैछ।
गएराति नाचको छैटौं दिन युद्धकलामा आधारित उषाहरण नृत्य प्रस्तुत गरिएको थियो। हेर्नुस् तस्बिरमा-










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।