काठमाडौं- मौसम अनुकूल बनेपछि नेपाल आउने बाह्य पर्यटक बढेका छन्।
हिमाली भेगको उच्च भागमा अवस्थित प्राकृतिक छटाको अवलोकन गर्न आन्तरिक पर्यटक समेत जान थालेका छन्।
अन्नपूर्ण पदमार्ग, लाङटाङ पदमार्ग, धौलागिरी हिमशृंखला, पुनहिल लगायतका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धि भएको हो।
प्रकृतिको मनोरम दृश्यमा रमाइरहेका पर्यटक-

धौलागिरी हिमालसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा रमाउँदै। तस्बिर: कमल खत्री, रासस

धौलागिरी हिमालसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा रमाउँदै। तस्बिर: कमल खत्री, रासस

बच्चासहित अन्नपूर्ण आधार शिविरमा पुगेका विदेशी पर्यटक। तस्बिर: वासुदेव पौडेल, रासस

माछापुच्छ्रे हिमालको काखमा अवस्थित अन्नपूर्ण आधार शिविरमा बनेका आधुनिक होटेल। तस्बिर: वासुदेव पौडेल, रासस

माछापुच्छ्रे आधार शिविरमा आधुनिक होटल। भेडीगोठबाट सुरु भएको यहाँको पर्यटन बिस्तारै आधुनिकतातिर फड्को मार्दै छ। तस्बिर: वासुदेव पौडेल, रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिलमा पुगेका आन्तरिक पर्यटक। तस्बिर: कमल खत्री, रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।