काठमाडौं- हेलिकोप्टर दुर्घटनामा परी निधन भएका सातै जनालाई श्रद्धाञ्जलीका लागि टुँडिखेलमा शव राखिने स्थान फुलले सजाउने काम भइरहेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको शव अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेल लैजाने कार्यक्रम छ।
उनीहरू सबैको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पुर्याइएको छ।
तर मन्त्री अधिकारी उनका अंगरक्षक अर्जुन घिमिरेको मात्र शव सनाखत भएकाले श्रद्धाञ्जली भोलिमात्र हुने भएको छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।