काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका बुबाआामा पोखरा फर्किएका छन्।
हेलिकोप्टर दुर्घटनामा निधन भएको खबर सुनेर काठमाडौं आएका उनीहरु मन्त्री अधिकारी सहित सातै जनाको शव काठमाडौं ल्याइएपछि उनीहरु पोखरा फर्किएका हुन्।
बुबाआमासहित मन्त्री अधिकारीका आफन्तहरु समेत रहेका छन्। उनीहरू सबै भावुक देखिएका छन्।
मन्त्री अधिकारीको शव काठमाडौंमा राजकीय सम्मान पछि पोखरा लैजाने तयारी गरिएको छ।
उनीहरु २ बजेर ४५ मिनेटमा बुद्ध एयरबाट पोखरा फर्किएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।