काठमाडौं- हेलिकोप्टर दुर्घटनामा परी निधन भएका सबै ७ जनाको शव काठमाडौं ल्याइपुर्याइएको छ। ् दिउँसो १२:१५ मा ताप्लेजुङबाट शव बोकेर हेलिकोप्टर उडेको थियो।
हेलिकोप्टर त्रिभुवन विमानस्थल काठमाडौमा दिउँसो १ बजेर १५ मिनेटमा विमानस्थल उत्रिएको विमानस्थल कार्यालका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।
ताप्लेजुङमा बिहान पानी परेकाले शव ३ घन्टासम्म ताप्लेजुङ विमानस्थलमा नै राखिएको थियो।
उनीहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारागंज लगिने बताइएको छ।
तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि काठमाडौँबाट मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार फुङलिङ नगरपालिका १० दारेभीरमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचीभैया र पाइलट प्रभाकर केसी गरी सात जनाकै निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।