काठमाडौं- संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री रबिन्द्र अधिकारीको निधन भएको शोकमा विहिबार बस्ने तय भएको प्रतिनिधि सभाको सुचना टाँसेर स्थगित भएको छ।
बिहिबारको बैठक अधिकारीले काँग्रेस सांसद गगन थापाको प्रश्नमा उत्तर दिने कार्यक्रम यसअघि नै तय भएको थियो।
तर ताप्लेजुङ दुर्घटनामा अधिकारीसहित ७ जनाले ज्यान गुमाएपछि संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना प्रकाशित गरि प्रतिनिधि सभाको बैठक शुक्रबार ३ बजेको लागि स्थगित गरेका हुन्।
प्रतिनिधिसभाको नियमावली अनुसार पर्यटन मन्त्रालयसँग सम्वन्धित भएका कामका बारेमा सांसदहरुले प्रश्न सोध्ने र मन्त्री अधिकारीले जवाफ दिने कार्यत्रलम यसअघि नै कार्यव्यवस्था बैठकले गरेको थियो।
अधिकारीलाई सोधिने प्रश्नहरु सांसदहरुले संसद सचिवालयमा टिपाइसकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।