• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भ्रमण तालिकाबिना किन गए मन्त्री अधिकारी पाथीभरा?

64x64
नेपाल लाइभ बिहीबार, फागुन १६, २०७५  ११:५२
1140x725

ताप्लेजुङ- ताप्लेजुङमा हेलिकाेप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहितकाे टाेली पाथीभरा दर्शन गर्न जाने कार्यतालिका नरहेकाे खुलेकाे छ। 

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो।

हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक घिमिरे गरी सबै ७ जनाको निधन भएको थियाे।

तर, कार्यक्रमका संयाेजक, प्रमुख जिल्ला अधिकारी तथा स्थानीय प्रहरीका अनुसार मन्त्रीसहितकाे टाेली बीचबाटै रुट परिवर्तन गरी पाथीभरा पुगेका थिए। 

हताराेमा थिए मन्त्री अधिकारी- सांसद कन्द‌ंग्वा

तेह्रथुम क्षेत्र नम्बर १ 'ख' का सांसद तेजमान कन्द‌ंग्वाले मन्त्री अधिकारी कार्यक्रम अवधिभर नै हताराे मानस्थितिमा रहेकाे बताए।

'मन्त्रीज्यूकाे साढे ८ बजे कार्यक्रम स्थल आउने कार्यतालिका थियाे। तर, उहाँ एक घण्टा ढिलाे गरी मात्रै कार्यक्रम स्थलमा आउनभएकाे थियाे', सांसद कन्द‌ंग्वाले भने, 'अतिथिहरुलाई माला र खादा लगाउने हाम्राे चलन थियाे। तर, उहाँले खादा लगाउन पनि हतार गरिरहनु भएकाे थियाे। कार्यक्रम छाेटाे बनाउन उहाँले आग्रह गरेपछि हामीले थाेरै जनाले मात्रै बाेल्ने कार्यतालिका तय गरेका थियाैं।'

मन्त्री अधिकारीकाे भ्रमण टाेलीमा रहेका प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहालले पनि मन्त्रीज्यूकाे जर्मनी जाने कार्यक्रम रहेकाेले छिट्टै कार्यक्रम सक्न आग्रह गरेकाे उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

सांसद कन्द‌ंग्वाले मन्त्री अधिकारीकाे बुधबारकाे कार्यतालिका चुहानडाँडामा मात्रै आउने रहेकाे दाबी गरे। 'प्रदेश १ का लागि उहाँकाे यहाँ मात्रै आउने कार्यतालिका थियाे', उनले भने, 'छाेटाेमै कार्यक्रम सकाएपछि साढे ११ बजेसम्म उहाँहरुले खाना नै खाइसक्नु भएकाे थियाे। शुभयात्रा भनेर बिदाइ गरेका थियाैं। तर साथीहरुकाे यात्रा अशुभ भयाे। मन्त्रीज्यूकाे मुस्कान देखेकाे १ घण्टापछि नै उहाँकाे निधन भएकाे खबर सुन्नुपर्‍याे' सांसद कन्द‌ंग्वाले भने।

चुहानडाँडा विमानस्थल निर्माण समितिका उपाध्यक्षसमेत रहेका सांसद कन्द‌ंग्वाले मन्त्री अधिकारीहरु हेलिकाेप्टर चढ्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीकाे पुर्ख्याैली घर रहेकाे गाउँ छातेढुंगा (जुन चुहानडाँडा विमानस्थलबाटै नजिकै रहेकाे छ) काे एरियल भ्यू हेर्दै फर्किने कुरा भएकाे बताए। उनले भने, 'तर, उहाँहरु रुट परिवर्तन गर्दै पाथीभरातिर लाग्नु भएछ।'

काठमाडाैं' नै फर्किन्छौँ भनेर उड्नुभएकाे हाे : प्रनि पाेडार

कार्यक्रम स्थलमा रहेका सुरक्षाकर्मीले पनि माैसममा खराबी आइरहेकाेले साे क्षेत्रतर्फ जान असुरक्षित हुने बताएका दिए। 'उहाँहरु चुहानडाँडा आइपुग्दा पनि यस क्षेत्रमा पानी परिरहेकाे थियाे। उहाँहरुबीच यता आएकाे बेला पाथीभर‍ा दर्शन गरेर जाउँ भन्ने कुरा हुँदा यहाँका सुरक्षाकर्मी साथीहरुले माैसममा खराबी आएकाे र साे क्षेत्रमा पनि हिमपात भइरहेकाे जानकारी गराउनु भएकाे रहेछ। पाथीभरा जान असुरक्षित हुने समेत सुझाउनु भएकाे रहेछ', उनले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मन्त्री अधिकारीसहितकाे टाेली पाथीभरा पुग्ने कुराकानी चलेपनि उड्नुअघि साेतर्फ नजाने बताएकाे इलाका प्रहरी कार्यालय आठराईका प्रहरी निरीक्षक राकेश पोडारले जानकारी दिए। 'खाना खाँदै गर्दा उहाँहरुबीचमा पाथीभरामा जाने कि भनेर एकापसमा कुरा भएके थियाे, कसैले मौसम ठीक छैन नजाऊँ भन्दै हुनुहुन्थ्यो, कसैले पर्खेर भए पनि जाने भनेर कुरा गर्नुभयो', इलाका प्रहरी कार्यालय आठराईका प्रहरी निरीक्षक पोडारले भने, 'यतिकैमा उड्नेबेला हामीले सोध्यौँ के गर्ने तपाईंहरु पाथीभरा जाने कि काठमाडाैं फर्किने? त्यसपछि नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठले 'हैन अब काठमाडाैं' नै फर्किन्छौँ भनेर जवाफ दिनुभयो।'

काठमाडाैं जाने भनेर उडेको हेलिकाेप्टर निकै माथि पुगेपछि ताप्लेजुङतर्फ उडेको देखिएको उनले दाबी गरे।

पोडारका अनुसार करीब ११ः३० बजे चुहानडाँडाबाट हेलिकाेप्टर उडेको थियो। यसरी यहाँबाट उडेको समय र पाथीभरा मन्दिरमा पुगेको समयलाई हेर्दा छोटो दूरीमा नै झण्डै डेढ घण्टाको समय लागेको देखिन्छ। यो बीचमा कहाँ के भयो भन्ने कुनै अत्तोपत्तो नभएको उनले बताए।

उता तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले पनि आफूले पनि मन्त्रीज्यूहरुकाे प‍ाथीभरा जाने कार्यतालिका नरहेकाे बताइन्।  'माैसम बिहानैदेखि अन्धकारजस्ताे भएकाे थियाे। उहाँ आउने कार्यक्रमबारे ढिलाेगरी मात्रै जानकारी पाएकाे  र गाडीमा करीब ५ घण्टामा पुग्न सकिने साे स्थानमा माैसमले गर्दा पनि हामी जान सकिएन।', हुमागाईंले भनिन्, 'पछि सुरक्षाकर्मीसँग बुझ्दा उहाँहरु अन्तिम समयमा पनि पाथीभर नजाने भनेरै हेलिकाेप्टर चढ्नुभएकाे जानकारी पाएकी छु।'

पर्यटन व्यवसायी आङछिरिङ शेर्पा पाथीभरामा केवलकार सञ्चालन गर्न चाहन्थे। साेही चाहना पुरा गर्न चुहानडाँडा गएकाे छेकाे पारी पाथीभराकाे दर्शनसँगै त्यहाँकाे 'एरियल भ्यू' मन्त्रीज्यूलाई अवलाेकन गराउने उनकाे पूर्व निर्धारित याेजना रहेकाे विशेष स्राेतले दाबी गरेकाे छ।

के-के गरे मन्त्री अधिकारीले पाथीभरामा?

पाथीभरा मन्दिरमा दिउँसोदेखि हिमपातसहित ठूलो बतास चलिरहेको थियो। यतिकैमा मन्दिरका पुजारीलाई मन्दिरको दर्शन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी आउने भन्ने जानकारी भयो।

सोही अनुसार मन्दिरमा तयारी भयो। मन्दिरका पुजारी डिल्ली आचार्यले भने, 'मन्दिर क्षेत्रको मौसम बिहानै प्रतिकुल थियो, प्रतिकुल मौसमबीच हेलिकाेप्टर आयो र मन्त्रीज्यू लगायतले भगवतीको पूजाआजा गर्नुभयो।'

झण्डै १ बजेको समयमा हेलिकाेप्टर मन्दिरमा पुगेको थियो। सो बेला सामान्य मौसम खुलेको थियो। हेलिकाेप्टर पुगेको केही समयदेखि नै पुन: हिउँसहित ठूलो हावाहुरी चल्यो। यतिकैमा पूजाआजा सकेर मन्त्री अधिकारीसहितको टोली हेलिकाेप्टरमा नै बस्यो। 'हेलिकाेप्टरभित्रै केही न्यानो होला भन्दै उहाँहरु हेलिकाेप्टरमा चढ्नुभयो र करीब १५ मिनेट भित्रै बसेर चियासमेत पिउनुभयो,' आचार्यले भने।

पाथीभरामा मन्त्री अधिकारीकाे अन्तिम बाेली - चिया मीठो खुवाउनुभयो, धन्यवाद

छिनछिनमा बादल लाग्ने र मौसम खुल्ने क्रम चलिरहेको थियो। बेला-बेला बतास चल्दै थियो। यतिकैमा पाथीभरादेखि सदरमुकामतर्फको भागमा मौसम खुलेको भन्ने जानकारी पुगेपछि हेलिकाेप्टर उड्ने तरखरमा पुग्यो। आचार्यले भने, 'हेलिकाेप्टरमा रहेका युवराज दहालले अब उडे फरक पर्दैन, फेरि उताको मौसम ठिकै छ भने समस्या आउँदैन होला भनेपछि पाइलटले नजिकै रहेकालाई हावाले असर गर्छ, धेरै पर गएर बस्नुहोस् भनेर अनुरोध गर्नुभयो र हामी पनि केही टाढा गएर बस्यौँ, त्यसपछि हेलिकाेप्टर उड्यो।'

केही समयमा नै हेलिकाेप्टर दुर्घटनामा पर्‍यो भन्ने समाचार सुन्दा आचार्यले विश्वास गर्न सकेनन्। हेलिकाेप्टर भित्रैबाट १० मिनेटअघि मुस्कुराउँदै चिया मीठो खुवाउनुभयो, तपाईंहरुलाई धन्यवाद भन्नुभएका मन्त्री अधिकारीको निधनभन्दा आचार्यलाई सपना झैँ लागिरहेको छ।

प्रेसरमा पाइलट

मौसम  खराब थियो। हिमपात समेत भइरहेकाले चालक केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टावरलाई सम्पर्क गरी 'तत्काल पाथिभराबाट उड्न सक्दिनँ, केही समय पर्खौं र हेरौं' भनेर जानकारी गराएका थिए।

उनले अवस्था हेरेर नउडाउने निर्णय लिन सक्थे । जुन अधिकार उनीसँग थियो। सँगै आफूले काम गर्ने एअरलाइन्सको मालिक रहेकाले स्वतन्त्र रुपमा निर्णय लिन समस्या परेको हुन सक्ने उड्डयन क्षेत्रका विज्ञहरुको अनुमान छ।  बिहीबार जर्मनी जानुपर्ने कार्यक्रम रहेका मन्त्री अधिकारीलाई सकेसम्म चाँडो काठमाडौं ल्याइपुर्‍याउनु थियो। त्यो उनलाई बिहानै थाहा थियो। यही प्रेसरले उनले जोखिम मोलेको हुनसक्ने अनुमान गरिएको छ। 

त्यसपछि टावरले दिँउसो २ बजेतिर हेलिकोप्टर हराएको सूचना पाएको थियो। तर, हेलिकोप्टरले कतिखेर पाथिभराबाट उडान भरेको थियो भन्ने विमानस्थल टावरलाई सूचना थिएन।

उड्दा-उड्दै आगो लाग्यो 

पाथीभराबाट हेलिकाेप्टर उडेको केही समयमा नै एक्कासि आगोको मुस्लोसहित झरेको प्रत्यक्षदर्शीले बताएका छन्। 'एक्कासी आकाशमै आगोको मुस्लोसहित हेलिकाेप्टर उडेर झरेको देखियो', अलैँची व्यवसायी तेज भट्टराईले भने। भट्टराईले मन्दिर क्षेत्रभन्दा निकै टाढाबाट यस्तो देखेकाे बताए।

यता घटनापछि फेदीबाट पुगेका स्थानीयवासी भुपेन गुरुङले भने हेलिकाेप्टरको पुच्छरको भागबाहेक अरू सबै जल्दै गरेको अवस्थामा देखे। 'अरू भाग टुक्रा-टुक्रा भएर जलिरहेको थियो, शवहरु आगोसँगै यत्रतत्र थिए, हेर्नबाहेक कुनै विकल्प थिएन,' गुरुङले भने।

अलिअलि वर्षा र हिउँ झरिरहेको तथा बताससमेत चल्दै गरेको अवस्थामा मुस्किलले स्थानीयवासी घटनास्थलमा पुगेका थिए। पाथीभराको फेदीबाट प्रहरी र त्यहाँका स्थानीय सबैभन्दा पहिला पुगेका थिए। घटनाको जानकारीलगत्तै सदरमुकामबाट घटनास्थल पुगेकाे प्रजिअसहितको टोलीलाई समेत भौगोलिक विकटता र प्रतिकुल मौसमका कारण पुग्न निकै कठिन भएको थियो।

यद्यपि उनीहरु पुगेपछि शवलाई सुकेटार विमानस्थलमा ओसार्ने कार्य भयो। नेपाली सेनाको हेलिकाेप्टरमार्फत डोरीबाट शवलाई उठाएर उद्धार गर्ने कार्य भएको हो।

दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यती एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जम्दार अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकाेप्टर क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो।

ताप्लेजुङमा यसअघि भएको हेलिकाेप्टर दुर्घटनामा समेत उच्चपदस्थ व्यक्तित्वहरुको ज्यान गएको थियो। २०६३ साल असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन तथा भू-संरक्षण राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा हर्क गुरुङ, संरक्षणविद् डा तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा दामोदार प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेललगायत २४ जनाको निधन भएको थियो।

स्थानीय समुदायलाई वनको संरक्षण तथा व्यवस्थापनको जिम्मा हस्तान्तरण गरी फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकाेप्टर दुर्घटनामा परेको थियो।

(तेह्रथुमबाट पत्रकार सन्तोष पुर्कुटीकाे सहयाेगमा)

प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५  ११:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो शनिबार, असोज ३१, २०८३
कांग्रेस सभापति गगन थापाले लिए शपथ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्