बुटवल- बुटवलमा असिनासहित भारी वर्षा भएको छ। बिहान ७ बजेतिर असिनासहित भारी वर्षा हुँदा सडकपेटी असिनाले भरिएका थिए।
असिनाले सडक भरिएपछि हिउँ परेको अनुभुति गर्दै स्थानीय सडक पेटीमा रमाईलो गरिरहेका थिए। भारी वर्षाका कारण बुटवल तथा आसपासका क्षेत्रमा चिसो बढेको छ।
पश्चिमी वायुका कारण हिमपात र वर्षा भएको हो।
मौसम विभागले बिहिबार दिउँसोबाट पानी पर्न रोकिने जनाएको छ। त्यसैगरी विभागले भोलि घाम लागे पनि पर्सिबाट फेरि पश्चिमी वायु सक्रिय हुने जनाएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।