ताप्लेजुङ– ताप्लेजुङमा भारी वर्षा भएपछि हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रवीन्द्र अधिकारी लगायतका शव तत्काल काठमाडौं ल्याउन नसकिने अवस्था रहेको सुरक्षाकर्मीले बताएका छन्।
अहिले सुकेटार विमानस्थल रआसपासका क्षेत्रमा ठूलो मात्रामान वर्षा र हिमपात भइरहेको छ । विमानस्थल ल्याइसेकेको शव वर्षाका कारण काठमाडौं ल्याउन सक्ने अवस्था छैन।
पानीसँगै विमानस्थलमा असिना समेत परेको बताइएको छ । पानी रहेर मौसल सफा भएपछि मात्रै शव काठमाडौं पठाउन सकिने प्रजिअ अर्जुन भण्डारीले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।