काठमाडौं- हेलिकोप्टर दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाकाको बैठक स्थगित गरिने भएको छ। बिहिबारका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गर्ने तयारी गरिएको नेकपाका एक नेताले जानकारी दिए।
प्रतिनिधिसभामा भोलि बैठक बसेर शोक प्रस्ताव पारित गर्ने तयारी गरिएको छ।
हेलिकोप्टर दुर्घटनामा निधन भएका सातै जनाको शव ताप्लेजुङबाट काठमाडौं पठाउने तयारी भइरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताएका छन्। उनीहरु सबैको सबैको शव महाराजगंजस्थित टिचिङ हस्पिटलमा गर्ने बताइएको छ।
त्यसपछि श्रद्धाञ्जलीको लागि टुडिखेल राखिने कार्यक्रम रहेको जानकारी आएको छ। त्यसपछि मृतकका आफन्तले आफ्नो जिल्ला लान सक्ने भन्ने खबर छ। यसपछि उनको शव गृहजिल्ला कास्की लगिने भएको छ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-१० दारेभिरमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका सातै जनाको शव घटनास्थलबाट उद्धार गरी ताप्लेजुङ विमानस्थलमा ल्याइएको छ।
दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक घिमिरे गरी सबै ७ जनाको निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।