• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
रवीन्द्र अधिकारी : चर्चित नेता
64x64
नेपाल लाइभ बिहीबार, फागुन १६, २०७५  ०९:२४
1140x725

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको छ। बुधबार ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा उनको निधन भएको हो। 

काठमाडौंबाट बिहान ८ बजे उडेको एयर डाइनेस्टीको कलसाइन एएस ३५० हेलिकोप्टर साढे १ बजे फुङलिङ नगरपालिका-१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा दुर्घटना भएको हो।

मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो। विमानस्थलको निरीक्षण गरी फर्कने क्रममा उक्त दुर्घटना भएको हो। दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाले ज्यान गुमाएका छन्।

अधिकारी गत चैत २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएका थिए। 

उनको राजनीतिक यात्रा विद्यार्थी संगठन अनेरास्ववियुबाट सुरु भएको थियो। कालान्तरमा उनले सोही संगठनको नेतृत्व गर्ने अवसर पनि पाए। सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विद्यालयमा रेडक्रस तथा विभिन्न क्लबहरुमा संलग्न हुन्थे। उनी जुन संगठनसँग जोडिए, सबैमा चर्चा कमाए। 

२०४४ सालमा पृथ्वीनारायण क्याम्पस अनेरास्ववियु कमिटीको अध्यक्ष, २०४५ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सदस्य, २०४५ सालमै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, २०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भएका थिए। २०५६ सालमा उनी अनेरास्ववियुका केन्द्रीय अध्यक्ष भए। उनी २०५३ सालमा नै स्ववियु काउन्सिल नेपालका संयोजक निर्वाचित भएका थिए।

व्यवस्थापनमा स्नातकोत्तर गरेका अधिकारीको जन्म ०२६ वैसाख २२ मा कास्कीको भरतपोखरीमा भएको थियो।

अधिकारी तीन पटकसम्म सोही जिल्लाबाट निर्वाचित भएका थिए। २०६४ सालको संविधानसभा चुनावमा कास्की क्षेत्र नम्बर ३ बाट विजयी अधिकारीले १३ हजार ३ सय ८६ मत पाएका थिए। यस्तै २०७० सालको दोस्रो संविधानसभा चुनावमा १३ हजार १ सय १० मत ल्याएर विजयी भएका थिए। ०७४ सालको प्रतिनिधिसभामा चुनावमा भने कास्की २ बाट २७ हजार २ सय ७ मत पाएर विजयी भएका थिए। 

Ncell 2
Ncell 2

एमाले विभाजन भएसँग बामदेव गौतम नेतृत्वको नेकपा मालेतिर गएका उनका लागि ०५६ सालको प्रतिनिधिसभा चुनाव भने सुखद हुन सकेको थिएन। सो चुनावमा उनले कास्की १ मा पराजित भएका थिए। त्यतिबेला उनले १ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए। पछि उनी मूल पार्टी एमालेमै फर्किए।

त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति हुँदा पुस्तकालय, शैक्षिक वातावरण, शैक्षिक गुणस्तर खेल मैदान निर्माण, प्रवेश परीक्षा, वरिष्ठ प्राध्यापकहरुको सम्मानजस्ता रचनात्मक कार्यक्रम सञ्चालन गरेर अधिकारीले चर्चा कमाएका थिए। साथै, विद्यार्थीमाझ लोकप्रिय पनि भएका थिए। 

शिक्षामा भएको निजीकरण र व्यापारिकरण विरुद्धको आन्दोलन होस् वा कालापानी मार्च होस् उनले आफूलाई सधैं जनताको पक्षको नेताको रुपमा उभ्याइरहे। सीमा सुरक्षा अभियान, नेपाली भू–भाग डुबाउने लक्ष्मणपुर बाँधको विरोध तथा शाहज्यादा पारस शाहको ज्यादती विरुद्ध आन्दोलन, हत्यारा बस्ने दरबारमा होइन जेलखानमा हो भन्दै पाँच लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने नेता उनै थिए। 

सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ३३ प्रतिशत छुट दिलाउन अधिकारीको भूमिका थियो। त्यतिबेलादेखि नै उनी ठूलो समूहको नजरमा परे। उदयीमान नेताको संकेत पनि दिए।

shivam cement

shivam cement

०६२/६३ को आन्दोलन र त्यस अगाडिको प्रतिगमन विरुद्धको आन्दोलनमा अधिकारी पटकपटक गरी पाँच महिना जेल बसेका छन्। 

०६४ सालमा निर्वाचित भएपछि सार्वजनिक लेखा समितिमा रहेर जलविद्युत, फ्रिक्वेन्सी, सार्वजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, एमआरपी आदि विषयमा विभिन्न उप-समितिमा रहेर त्यसको नेतृत्व गरी काम गरेका थिए। 

दोस्रोपटक संविधानसभा सदस्य भएका बेला उनले संसदको विकास समितिको नेतृत्व गरेका थिए। सो समितिबाट भएका कतिपय निर्णयहरु यद्यपि चर्चित छन्। त्यतिबेला अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल भएका थिए।

अधिकारीका 'संविधानसभा: लोकतन्त्र र पुनर्संरचना'  र 'समृद्द नेपाल' पुस्तक प्रकाशित छन्।

पछिल्लो समय उनी नेपाल वायु सेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी जहाज अनियमिततामा जोडिएका थिए। संसद्को सार्वजनिक लेखा समिति अन्तर्गत उपसमितिको छानबिन प्रतिवेदनले मन्त्री अधिकारीले नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको थियो। यद्यपि वाइडबडी अनियमितता प्रकरण अझै सुल्झिएको छैन।

प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५  ०९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के समस्याले अस्पताल भर्ना भए माधव नेपाल?
सीके राउतको फुर्सद भएपछि पार्टी एकता हुन्छः रञ्जिता श्रेष्ठ
श्रीलङकाः हेलिकप्टर दुर्घटनाान छ जनाको मृत्यु, छ सख्त घाइते
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
के समस्याले अस्पताल भर्ना भए माधव नेपाल? शुक्रबार, वैशाख २६, २०८२
सीके राउतको फुर्सद भएपछि पार्टी एकता हुन्छः रञ्जिता श्रेष्ठ शुक्रबार, वैशाख २६, २०८२
श्रीलङकाः हेलिकप्टर दुर्घटनाान छ जनाको मृत्यु, छ सख्त घाइते शुक्रबार, वैशाख २६, २०८२
भारत-पाकिस्तान तनाव बढ्दै जाँदा बीसीसीआईले रोक्यो आईपीएल शुक्रबार, वैशाख २६, २०८२
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
तीनकुनेमा पछाडिबाट आएको गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते बिहीबार, वैशाख २५, २०८२
भारतको हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्