दाङ- दाङमा भएङ्काे जीप दुर्घटनामा पर २ जनाकाे मृत्यु भएकाे छ भने ५ जना घइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका-१९ बाहिरी संग्रामस्थित दुधरासबाट चिल्लीकोटतर्फ जाँदै गरेको लु१च ५९१२ नम्बरको पिकअप जिप सडकबाट करीब १ सय मिटर तल खस्दा दुर्घटना भएकाे हाे।
जिपमा सवार १० जना मध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको, ५ जना घाइते भएकाे तथा ३ जना यात्रुलाई सकुसल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत प्रहरी नायब उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए।
मृत्यु हुनेमा चालक तथा गाडी धनी तुलसीपुर उप-महानगरपालिका- १९ बासगढी बस्ने वर्ष १९ का लाल बहादुर वली र साेही वडाकाे छिल्लीकोट बस्ने वर्ष ५५ का अम्बरबहादुर वली रहेकाे प्रवक्ता मगरले जानकारी दिए।
मगरका अनुसार घाइते सबैकाे तुलसीपुरमा उपचार भइरहेकाे छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।