तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुल्ने उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ । रसुवा नाका बाढीले बगाएपछि मुस्ताङको कोरला नाकामात्र सञ्चालनमा रहेको छ । उक्त नाकावाट मालसामान आयात गर्न नेपालाई कठिन भइरहेकाले नेपालले चीनियाँ पक्षलाई अनुरोध गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।