विराटनगर- विद्यार्थी कुटेको आरोपमा पक्राउ परेका उदयपुरका एक शिक्षक बुधबार रिहा भएका छन्।
विद्यार्थीका अभिभावकले शिक्षकसँग मिलापत्र गरेपछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
उदयपुरको त्रियुगा नगरपालिका–६ जलजले स्थित मेरीब्रुट इंग्लिस बोर्डिङ स्कुलका शिक्षक दिपक प्रधानलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो। कक्षा ८ मा अध्यानरत १६ वर्षीय केशब थापालाई कुटपिट गरेको आरोपमा प्रधान पक्राउ परेका हुन्।
निलडाम बस्ने गरी कुटपिट गरेको भन्दै अभिभावकले दिएको उजुरीका आधारमा प्रधानलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। पुन: यस्तो गल्ती नगर्ने सर्तसहित प्रधानले अभिभावकसँग मिलापत्र गरेपछि रिहा गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।