काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर ताप्लेजुङको पाथिभरा नजिकै दुर्घटना भएको खुलेको छ।
गृहसचिव प्रेमकुमार राईले हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि गरे। मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा पनि छन्।
ठूलो आवाजसहित आगो बलेको सूचना आएपछि प्रहरी र स्थानीयवासी दुर्घटनास्थलतर्फ लागेको ताप्लेजुङका एसपी सञ्जयसिंह थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।