काठमाडाैं- भारत-पाकिस्तान बीचको युद्धका कारण नेपालबाट युरोप तथा खाडी राष्ट्रहरु जाने विमानले रुट परिर्वनत गरेका छन्।
काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका विमानले साविकको रुट परिवर्तन गर्दै गन्तव्यतर्फ लागेकाे विमानस्थल कार्यालयले जनाएकाे छ।
अहिले विमानहरु काठमाडौंबाट भारतकाे अमराबादसम्म पुरानै रुटबाट गइरहेका छन्। तर, त्यसपछि भने पाकिस्तानको एयर स्पेस छल्दै फरक 'ए-३०१' रुट हुँदै युरोप तथा खाडी राष्ट्रहरु पुगेकाे बताइएकाे छ।
पाकिस्तानी एयर स्पेसमा अहिले 'नाे इन्ट्री' भएअनुरुप नै विमान चालकहरुले रुट परिवर्तन गर्दै उडान भरिरहेकाे विमानस्थल कार्यालयले जनाएकाे छ।
मंगलबार भारतले पाकिस्तानी क्षेत्रमा बम खसाएकाे दाबी गरिएपछि उत्पन्न तनावलाई मध्येनजर गर्दै विमानले नियमित रुट परिवर्तन गरी यात्रा तय गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।