काठमाडौं– अपहरणको नाटक गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर–३ पाँचपानेबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रौतहट गौर–१ का ५१ वर्षीय सत्येन्द्रप्रसाद यादव, सिन्धुलीको झाँगाझोली–३ का २५ वर्षीय अनुप वैद्य, चितवनपुर भरतपुर–११ का २५ वर्षीय सुवास तामाङ, तनहुँ २८ वर्षीय सुदीप थापा र तनहुँकै २२ वर्षीय सन्दीप ठकुरी छन्।
सत्येन्द्रले विभिन्न व्यक्तिबाट ठूलो रकम ठगी गरेका थिए। रकम ठगिएकाहरुले निरन्तर फिर्ता गर्न दबाब दिएपछि उनले अपहरणको नाटक गरेको अनुसन्धानमा देखिएको छ।
उनले गत सोमबार लाजिम्पाटबाट आफू अपहरणमा परेको बताएका थिए। पक्राउ परेका अन्य चार जना भने अपहरणको मतियार भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।