काठमाडौं- भारतको जम्मु काश्मिरमा भारतीय सेनाको लडाकु विमान दुर्घटनामा परेको छ। उक्त विमान दुर्घटनामा दुई चालकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
बुधवार बिहान १० बजेर ४० मिनेट जाँदा काश्मिरस्थित बडगाममा उक्त विमान दुर्घटना भएको थियो।
सञ्चारमाध्यमका अनुसार विमान खेतमा गएर खसेको थियो र त्यसलगत्तै आगो लागेको थियो।
स्रोतका अनुसार सेनाको उक्त विमान भारत प्रशासित काश्मिर क्षेत्रमा गस्तीमा थियो। विमान दुर्घटनामा परी ज्यान गुमाउने पाइलटको पहिचान हुन सकेको छैन।
विमान दुर्घटना हुनुको कारण पनि अहिलेसम्म खुल्न सकेको छैन।
हिजो बिहान मात्रै भारतीय वायुसेनाकाे विमानले पाकिस्तानकाे बालाकाेट नजिक रहेकाे 'जैश-ए-मोहम्मद'काे एक क्याम्पमा बम खसाली ध्वस्त पारेको दाबी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।