काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता सूर्य भुजेल नै ललितपुरस्थित एनसेल गेट अगाडिको बम बिस्फोटका मुख्य योजनाकार भएको दाबी गरेको छ।
महाशाखाले दिउँसो भुजेललाई पक्राउ गरेपछि नेपाल लाइभले समाचार प्रसारण गरेको थियो।
उनीमाथि अनुसन्धान गरेका महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले भुजेल नै मुख्य योजनाकार भएको खुलेको जानकारी नेपाल लाइभलाई दिए। उनलाई महाशाखाको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको थियो।
उनकै डिजाइनमा नख्खुमा गत शुक्रबार बम बिस्फोट भएको बताइएको छ।
बिस्फोटमा परी सिमप्रसाद गुरुङको ज्यान गएको थियो भने अन्य दुई जना घाइते भएका थिए।
घाइतेको उपचार भइरहेको छ। युवा संगठनको नेतृत्वमा रहेका भुजेल महासचिव नेत्रविक्रम चन्दका निकटतम नेता मानिन्छन्।
विप्लव माओवादीले देशका विभिन्न स्थानमा विस्फोट गराएपछि प्ररहरीले पार्टीका नेता कार्यकर्ताको खोजी गरिरहेको प्रहरीले बताएको थियो।
माओवादीले देशका विभिन्न स्थानमा एनसेलका टावरमा विस्फोट तथा आगजनी गरेको थियो।
यो पनि पढ्नुहोस् :
विप्लव नेतृत्वको नेकपाका नेता भुजेल पक्राउ
नख्खु विस्फोटका पीडित भन्छन्– दोषीलाई तत्काल पक्राउ गरी कारबाही गरियोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।