• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भरतपुर महानगर प्रमुख दाहालले आर्थिक अनियमितता गरेकाे उपप्रमुख शाहकाे आराेप

\'दुई वर्षमा एक पटक पनि मेयरज्यूसँग सौहार्द वातावरणमा छलफल भएन\'
64x64
नेपाल लाइभ मंगलबार, फागुन १४, २०७५  ०९:०८
1140x725

काठमाडाैं- भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले स्थानीय तहको निर्वाचनमा रेणु दाहाललाई जिताएर कांग्रेसले आफ्नै खुट्टामा आफैं बन्चरो हानेको बताएकी छिन्।

महानगर प्रमुख दाहालको कार्यशैलीप्रति असन्तुष्ट शाहले मेयर दाहालले आर्थिक अनियमितता गरेको आरोप लगाइन्। महानगरको नीति निर्माणका क्रममा मेयरले बाइपास गरेको उनकाे आराेप छ।

महानगरकाे कार्यसम्पादन तथा पछिल्लाे समय नगरप्रमुख रेनु दाहाल र प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदिसँग आफ्नाे विवाद बढ्दै गएकाे भन्ने समाचार प्रकाशनमा आएकाे सम्बन्धमा मंगलबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै शाहले १२ बुँदामा आफ्ना लिखित असहमति जनाएकी हुन्।

उनले महानगरमा लेखा समिति गठन नगरी आर्थिक अनियमितता गरेकाे आराेप लगाएकी छिन्। उपप्रमुख शाहले महत्वपूर्ण समितिहरु एकलाैटी ढंगबाट गठन गरिएकाे तथा आस्था र विचारका आधारमा कर्मचारीहरुलाई दु:ख दिने काम गरिएकाे समेत दाबी गरेकी छिन्।

शाहले स्थानीय सरकार सञ्चालन ऐनले दिएको प्रावधानअनुसार आफूले काम गर्न मेयरको कारणले नपाएको गुनासो गरिन्। उनले भनिन्, 'सरकारी गाडी मुग्लिन पारी पुर्‍याएर खसालिएको छ।' सरकारी गाडी राति नौं बजे किन निकालिएको भन्दै उनले प्रश्न गरिन्। गाडी दुर्घटना भएको भनी आर्थिक अनियमितता गरेको शाहले आरोप लगाइन्।

दुई वर्षको कार्यकालमा एक पटक पनि मेयर दाहालसँग सौहार्द वातावरणमा छलफल हुन नसकेको उपप्रमुख शाहकाे भनाइ छ। महानगरको मुख्य हर्ताकर्ता मेयरले आफूलाई मात्रै सम्झने गरेको शाहकाे आरोप छ। उनले क्रिकेट रंगशाला राज्यले बनाउनु पर्नेमा धुर्मुस सुन्तली फाउण्डेसनलाई जिम्मेवारी दिएको भन्दै आपत्ति जनाइन्।

घरभाडा लिएकाे भनी मिडियामा अतिरन्जना फैलाउने काम गरिएकाे भन्दै उनले आगामी दिनमा पनि आफूबाट साे कार्य नहुने जिकिर गरिन्। 'घरभाडा आफूले माग नगरेकाे विषयलाई उठान गरी विषायान्तर गरिएकाे र आगामी दिनमा पनि माग नगर्ने जानकारी गराउँछु', उनले भनिन्।

कार्यपालिका बैठकमा ल्याइने एजेन्डाहरु एकलाैटी तरिकाले ल्याउने गरिएकाे तथा बैठकका सम्बन्धमा समयमै जानकारी समेत दिने नगरिएकाे उनले आराेप लगाइन्। 'ल्याइएका एजेन्डाहरुमा विमति राख्दैगर्दा महानगर प्रमुखले चलाउने हाे, तपाई‌ंहरुले हाेइन भन्ने जस्ता अमर्यादित शब्द प्रयाेग गर्ने गरिएकाे छ', उपप्रशुख शाहकाे आराेप छ।

Ncell 2
Ncell 2
nimb
nimb

कर्मचारी, मेयर र उपमेयर को हाे भनी कित्ताकाट गर्ने कार्य भएको उनकाे दाबी छ। कर्मचारी भर्ना गरेको जानकारीसमेत आफूलाई नदिने गरिएकाे उनले बताइन्।

उपप्रमुख शाहले नगरप्रमुख दाहालले महानगरलाई राजनीतिक थलाे र केन्द्र बनाउन खाजेकाे आराेप लगाइन्। उनले भनिन्, 'महानगरले हाल ल्याएका दीर्घकालीन येाजना भनिएका कुनै पनि याेजना अहिलेकाे नभएकाे र अघिल्लाे सरकारकाे पालामा आएकाे बजेटकाे निरन्तरता हाे। महानगरले विकासका सन्दर्भमा कुनै पनि काम गर्न सकेकाे छैन।'

स्थानीय सरकार सञ्चालन ऐनमा प्राप्त उपप्रमुखकाे अधिकारलाई प्रयाेग गर्नका लागि पनि महानगरले आफूलाई प्राविधिक र कर्मचारीहरु उपलब्ध नगराएकाे आराेप शाहकाे छ।

यसअघि शाहले आफूमाथि ज्यान मार्ने धम्कीसमेत आएकाे दाबी गरिन्। भरतपुर महानगरपालिकाको उपप्रमुखको सचिवालयले चलाउँदै आएको फेसबुक म्यासेन्जरमा ‘स्वप्नील सुवेदी’ नामको आइडीबाट ज्यान मार्ने धम्की दिइएको उपमेयर पार्वती शाहले बताएकी हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उपमेयर शाहका अनुसार फागुन ४ गते म्यासेज आएकाे र म्यासेज सतर्क गराउनका लागि म्यासेज पठाइएकाे बताएकाे छ। 'धम्की आउनु २ दिनअघि मात्रै महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीसँग भनाभन भएकाे थियाे। उहाँले कार्य सम्पादनका क्रममा जनप्रतिनिधिलाई नगन्ने, म आफैंलाई 'मेयरका अघि तपाईं काे हाे?' भन्नेजस्ता अमर्यादित शब्दहरु बाेल्नुभयाे', शाहले भनिन्, 'धम्की आएपछि पनि मेयर तथा महानगरबाट कुनै पनि किसिमकाे गम्भीरता नदेखाइएकाेले म मिडिया समक्ष आएकी हुँ।'

उनले गत बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय चितवनमा आफूलाई आएकाे धम्कीबारे जानकारी गराएकाे बताइन्। 'अनेरास्ववियू, युवा स‌ंघजस्ता संगठनकाे नाम लिइएकाे छ। चेतावनीपूर्ण भाषामा यसपटक सतर्क मात्रै गराएका हाैं भनिएकाे छ', शाहले भनिन्, 'सुरक्षा संवेदनशिलतालाई मध्येनजर गर्दै प्रहरीमा बताएकी छु।'

 

प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  ०९:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्