काठमाडौं– नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की विरुद्ध धितोपत्र दलाल व्यवसायीले आन्दोलन गर्ने चेतावनी दिएका छन्। ब्रोकर कम्पनीप्रति लक्षित गर्दै कपोलकल्पित र भ्रमपूर्ण कुराहरू बोलेको भन्दै बोर्डलाई ज्ञापनपत्र बुझाएको एक हप्ता पनि नबित्दै अध्यक्ष कार्की नसच्चिए आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका हुन्।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै स्टक बोकर्स एसोसियसनले कार्कीको शैलीप्रति असन्तुष्टि जनाउँदै यस्तो चेतावनी दिएका हुन्।
धितोपत्रको बजार विकास, विस्तार र सुदृढीकरणका लागि गरिनुपर्ने कामका विषयमा बोर्ड जानकारी गराइएको र माग पूरा नगरे प्रचारात्मक, दबाबमूलक र कठोर संघर्षका कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष कार्कीले सञ्चार माध्यममा धितोपत्र दलाल व्यवसायीलक्षित टिप्पणी तथा गत मंगलबार अर्थ समितिद्धारा आयोजित छलफल कार्यक्रममा दलाल व्यवसायीहरु सुशासित, सक्षम तथा प्रतिस्पर्धी नभएको आरोप लगाएका थिए।
सो आरोप कपोलकल्पित, झुटो तथा भ्रमपूर्ण आरोप लगाएको भन्दै धितोपत्र दलाल व्यवसायीहरुले ५ दिनअघि ज्ञापनपत्र बुझाएका थिए।
यस्तो छ ब्रोकर एसोसिएसनले जारी गरेको विज्ञप्ति
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।