कुस्मा- तोकिएको समयभन्दा करीब ३ वर्षपछि २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजनाले उत्पादन गर्ने भएको छ।
मोदीखोलामा निर्माणाधीन मोदीखोला जलविद्युत आयोजनाले भित्री र बाहिरी पूर्वाधारको काम अन्तिम चरणमा पुगेपछि आगामी महीना परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ।
२०६९ साउनमा निर्माण सुरु भएको आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो। निर्धारित समयमा नसकिएपछि सोही फागुनमा सक्ने लक्ष्य सार्वजनिक गरेको आयोजनाले प्राकृतिक, मानवीयलगायतका विभिन्न कारण देखाउँदै यसअघि धेरै पटक उत्पादन मिति सारेको थियो।
अघिल्लो असार मसान्तभित्र उत्पादन दिने दाबी गरेको भए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो।
लक्ष्यअनुसार समयमै काम सक्न स्थानीयको अवरोध, प्राकृतिक प्रकोपलगायतका कारणले ढिलाइ भएको आयोजना प्रमुख पवनकुमार यादवले दाबी गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।