काठमाडौं- राजविराजबाट काठमाडौं आउँदै गरेको रात्रिबस त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ।
ना६ख १४६७ नम्बरको बस बिहान ५ बजे धादिङको गजुरी गाउँपालिकास्थित घाटबेँसी मोडबाट त्रिशूली नदीमा खसेको हो। बस नदीमा डुबेर बेपत्ता भए पनि घाइते १३ जनालाई स्थानीयवासी र प्रहरीले उद्धार गरेका छन्। उनीहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए।
दुई जना पौडी खेलेर बाहिर निस्किए पनि सम्पर्कविहीन रहेको र कति यात्रु थिए भन्नेबारे खुल्न नसकेको सापकोटाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।