काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्र दलाल व्यवसायीप्रति लक्षित गर्दै कपोलकल्पित र भ्रमपूर्ण कुराहरु बोलेको भन्दै आज ५० वटै धितोपत्र व्यवसायीले ज्ञापनपत्र बुझाएका छन्। बोर्डलाई सबै धितोपत्र दलालले बिहीबार ज्ञापनपत्र बुझाएका हुन्।
अध्यक्ष कार्कीले आमसञ्चार माध्यममा धितोपत्र दलाल व्यवसायीलाई लक्षित गरी गरेका टिप्पणी तथा गत मंगलबार अर्थ समितिमा कार्कीले राखेको धारणाप्रति धितोपत्र व्यवसायीले आपत्ति जनाएका हुन्। अर्थ समितिद्धारा आयोजित पूँजीबजार सम्बन्धि छलफल कार्यक्रममा कार्कीले धितोपत्र दलाल व्यवसायीहरु सुशासित, सक्षम तथा प्रतिस्पर्धी नभएको भन्ने कपोलकल्पित, झुटो तथा भ्रमपूर्ण आरोप लगाएको भन्दै धितोपत्र दलाल व्यवसायीहरुले ज्ञापनपत्र बुझाएका हुन्।
‘हामी सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरु अध्यक्ष डा. रेवत बहादुर कार्कीको त्यस्तो कपोलकल्पित, झुटो तथा भ्रमपूर्ण अभिव्यक्तीको घोर निन्दा र भत्सर्ना गर्दछौं,' व्यवसायीले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।
यस्तो छ धितोपत्र दलाल व्यवसायीले बोर्डसमक्ष बुझाएको ज्ञापनपत्रमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।