काठमाडौं– विदेशी लगानीको आर्कषित गर्न भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तय गरेको 'वैदेशिक लगानी तथा प्रवधि हस्तान्तरण ऐन, २०७५' संसदमा पेस गर्नका लागि अनुमति पाएको छ।
मन्त्रिपरिषद्को बैठकले तय भएको ऐनको मस्यौदा संसदमा पेस गर्नका लागि स्वीकृति दिएको सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
मन्त्रालयले यही चैत १५ र १६ गते वैदेशिक लगानी सम्मेलन गर्ने तयारी गरेको छ। लगानी सम्मेलनमा पश्चिम सेतीदेखि ठूला २५ आयोजन अगाडि बढाउने सरकारको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।