काठमाडौं- संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुशन्धान आयोग सँग छलफल गर्ने भएको छ।
समितिको बुधबार बसेको बैठकले भ्रष्टाचार न्यूनीकरण गर्न आयोगले गरिरहेका कामबारे जानकारी लिन अख्तियार प्रमुख नवीन घिमिरेलाई आगामी आइतबार बोलाउने भएको हो।
राष्ट्रिय सभाको सो समितिले दिगो विकास तथा सुशासनको विषयसँग सम्बन्धित सरकारी निकायको नीति तथा कार्यक्रम, स्रोत परिचालनको अवस्था, व्यवस्थापनका विषयमा अनुगमन गरी सम्बन्धित निकायलाई आवश्यक राय, सल्लाह र निर्देशन दिने अधिकार राख्दछ। 'देशमा बढिरहेको भ्रष्टाचार कम गरि सुशासन कायम गर्न अख्तियारले गरिरहेका काम बारे जानकारी लिन प्रमुख घिमिरेलाई बोलाउने निर्णय गरेको छ,' समितिकी सभापति तारादेवी भट्टले भनिन्।
समितिको आजको बैठकले समितिको कार्य योजना पनि पास गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।