काठमाडाैं - नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् गरेको नयाँ व्यवस्थालाई पुर्नविचार गर्न आग्रह गरेको छ।
वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले बैठकपछि एक विज्ञप्ती सार्वजनिक गर्दैै यस्तो माग गरेकाे हाे। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् समावेश गरिएको केही बुदाँले सम्रग बैंकिङ क्षेत्रमा नकारात्मक प्रभाव पर्ने संघको ठहर छ। यसका लागि राष्ट्र बैंकले सबै सरोकारवालासँग छलफल गर्नु पर्ने समेत विज्ञप्तीमा उल्लेख छ।
ब्याजदर अन्तर क्रमश ५ प्रतिशतबाट ४.५० प्रतिशतमा घटाउने पर्ने वर्तमान अवस्थामा अकस्मात लगानी प्रतिफललाई अलग गरी औसत व्याजदर गणना विधि लागू गरिएकाले बैंकिङ क्षेत्रको प्रतिफलमा असर पर्ने विज्ञप्तीमा उल्लेख छ।
[विज्ञप्ती]

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।