काठमाडौं– नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्यमा पर्यटन व्यवसायीद्वय पम्फा धमला र विप्लव पौडेल नियुक्त भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले धादिङकी धमला र पोखराका पौडेललाई नियुक्त गरेकाे बोर्डले विज्ञप्तिमार्फत जनाएको छ।
विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा आवद्ध धमला लाङटाङ री ट्रेक एक्सपिडिसन कम्पनीको व्यवस्थापन निर्देशक हुन्।
उनले पर्यटन क्षेत्रका विभिन्न संस्थामा आवद्ध भई काम गरेका छन्।
त्यसैगरी व्यवसायी पौडेल होटल बाराही, बाराही जङ्गल लज, सरानकोट माउन्टेन रिसोर्टको कार्यकारी निर्देशक र पोखरा अल्ट्रालाइटको अध्यक्षसमेत हुन्।
पौडेलले पनि विभिन्न संस्थाको नेतृत्वदायी भूमिकामा रहेर काम गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।