काठमाडौं- नेपालको पूँजीबजारमा लगानी गर्न गैर-आवासीय नेपाली अनिच्छुक रहेको देखिएको छ ।
संघीय संसद्अन्तर्गतको अर्थ समितिमा पूँजीबजारमा अहिले देखिएका समस्याका विषयमा सरोकारवालासँगको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले २०६४ सालदेखि गैरआवासीय नेपालीलाई पूँजीबजार प्रणालीमा भित्र्याउन पहल भइरहेको भएपनि उनीहरुकै अनिच्छाका कारण भित्र्याउन नसकिएको बताएका हुन्।
समितिमा धारणा राख्दै स्टक ब्रोकर्स एसोसियसन नेपालका अध्यक्ष भरत रानाभाटले एनआरएनको लगानी पूँजीबजारको दायरा विस्तार गर्न सरकार र नियामक निकाय उदासीन देखिएको धारणा राखेका थिए।
रानाभाटको उक्त भनाइपछि समिति सदस्य रामकुमारी झाँक्रीले एनआरएनको लगानी ल्याउने विषयमा सपना नदेख्न आग्रह गरेकी थिइन्।
एनआरएनसँग सो विषयमा लामो समय छलफल गरेको बताउँदै झाँक्रीले पूँजी बजारमा लगानी बढाउन तेस्रो पक्षको मुख ताक्ने नभई स्वस्थ र प्रतिस्पर्धी वातावरण बनाएर आन्तरिक लगानीमै जोड दिनपर्ने धारणा राखेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।