काठमाडौं– खानेपानीमन्त्री बिना मगरसँग विवाद भएपछि सचिव गजेन्द्र ठाकुरको सरुवा गरिएको छ।
मन्त्री बिना मगरको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद् बैठकले ठाकुरलाई सरुवा गरेको हो।
मेलम्चीको सुरूङ खन्न ठेक्का पाएको इटालियन कम्पनी सिएमसीले एकपक्षीय ठेक्का तोडेपछि सचिव ठाकुर विवादमा परेका थिए।
ठाकुरले ठेकेदार कम्पनीसँग समन्वय नगर्दा सिएमसी काम छाडेर हिँडेको आरोप लाग्दै आइरहेको छ। अहिले मेलम्ची खानेपानी आयोजना अन्योलमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।