काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत् उत्पादनशील क्षेत्रका ऋणीलाई बम्पर उपहार प्रदान गरेको छ।
सम्रग कर्जाको ब्याजदर घटाउनभन्दा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उत्पादनशील क्षेत्रको कर्जा घटाउने विषय बढी केन्द्रित भएको छ।
राष्ट्र बैंकले सोमबार राती मौद्रिक नीतिको समिक्षा गर्दै यस्तो व्यवस्था गरको हो।
अब बैंकहरुले राष्ट्र बैंकबाट पुर्नकर्जा लिएर उत्पादनशील क्षेत्रमा प्रदान गर्ने ब्याजदर १ प्रतिशतले घटाउनुपर्ने नयाँ व्यवस्था कायम गरेको छ।
यसअघि ४ प्रतिशतमा पुर्नकर्जा लिँदै ९ प्रतिशत ब्याजदरममा ऋण दिन पाउने व्यवस्था परिर्वतन गर्दै राष्ट्र बैंकले ८ प्रतिशतभन्दा बढी ब्याजदरमा ऋण दिने नपाउने व्यवस्था गरेको हो।
उद्योग वाणिज्य महासंघले उठाउँदै आएको बढ्दो ब्याजदरको विषय मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सम्बोधन गरेको प्रतिक्रिया दिएको छ।
यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पूर्णपाठः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।