झापा- आज दिउँसो विर्तामोडको वातावरण एकाएक तनावग्रस्त बन्यो। प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी चलिरहँदा केही प्रहरी र सर्वसाधारण घाइते भए।
प्रदर्शन उग्र बनेपछि १:३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि प्रशासनले कर्फ्यु नै जारी गर्नुपर्यो। पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा बिर्ताबजारसम्म कर्फ्यु जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए।
यो पनि: ११ वर्षीय बालकको मृत्यु प्रकरण : झापा विर्तामोडमा कर्फ्यु
बालक लक्ष्मण सिवाकोटीको हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयले बिहानैदेखि प्रदर्शन जारी राखेका थिए। विजयादशीका दिन बेपत्ता भएका अर्जुनधारा– ११ का ११ वर्षीय लक्ष्मणको शव भोलिपल्ट विर्तामोड– १ बैसाबाडीस्थित झाडीमा फेला परेको थियो।
हेर्नुस् प्रदर्शनको भिडियो र कर्फ्युपछिको सुनसान विर्तामोड-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।