काठमाडाैं- देशमै रोजगारीको अवसर नपाउँदा माघ महिनामै साढे ४१ हजार भन्दा बढी युवा वैदेशिक रोजगारिका लागि विश्वका विभन्न देश पुगेका छन्।
वैदेशिक रोजगार विभागका अनुसार माघ महिानमा मात्रै ४१ हजार ५ सय ६० युवा रोजगारीका लागि विदेसिएका हुन्। जसमा ३९ हजार ६० जना पुरुष तथा २ हजार ५ सय महिला कामदार छन्।
विभागका अनुसार माघ महिनामा मात्रै नयाँ कामका लागि अन्तिम श्रम स्वीकृति लिँदै वैदेशिक रोजगारीमा जाने कामदारको संख्या १६ हजार ४ सय ६० छ। यो संख्या २०७४ को माघ महिनाको तुलनामा झन्डै ५० प्रतिशतले कम हो। सरकारले मलेसिया कामदार पठाउन प्रतिबन्ध लगाएसँगै नयाँ कामको लागि वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएको विभागको भनाइ छ।
यसैगरी माघ महिनामा मात्रै २३ हजार ७ युवा बिदामा घर आई पुनः रोजगारीकै लागि विदेश फिर्ता भएका छन्। यो संख्या २०७४ माघको तुलनामा खासै परिर्वतन भएकाे देखिँदैन।तर, नयाँ कामका लागि रोजगारीका जाने कामदारको संख्यामा पुनः जाने कामदारको संख्या भन्दा बढी हो। गत आव२०७४/०७४ मा भने बिदामा नेपाल आई पुनः रोजगारीमा जाने कामदारको संख्यामा नयाँ कामका लागि विदेसिने कामदारको संख्या बढी हुन्थ्यो।
यसैगरी व्यक्तिगत भिसामा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ७ सय ३३ रहेकाे छ भने विभिन्न माध्यममा विदेश पुगी वैधानिक हुने युवाको संख्या भने १ हजार ३ सय ६० रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।