• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

जिडिपीमा वन क्षेत्रकाे ११ प्रतिशत योगदान, उद्यममैत्री बनाउँदा समृद्धिमा योगदान पुग्ने विश्वास

64x64
नेपाल लाइभ सोमबार, फागुन ६, २०७५  ०९:५६
1140x725

-भीष्मराज ओझा/रासस

काठमाडौं- वर्तमान सरकारले सङ्कल्प गरेको मुुुलुक समृद्धिको नारालाई सार्थक तुल्याउन वन तथा वातावरण मन्त्रालयले अघि बढाएको ‘सुधार कार्ययोजना’ले अपेक्षाकृत उपलब्धि हासिल गरेको छ।

वनमन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रको उचित व्यवस्थापनबाटै समृद्ध नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न मन्त्रालयको कार्यभार सम्हाले लगत्तै समयतालिकासहित ‘सुधार कार्ययोजना’ अघि सारेका थिए।

यस अवधिमा मन्त्रालयका सुधार कार्ययोजनाले समृद्धिको अभियानलाई परिणाममुखी बनाउन केही हदसम्म योगदान प्रदान गरेको मन्त्रालय दाबी गर्छ। मन्त्रालयले वनक्षेत्रबाट लक्ष्यअनुसार राजश्व सङ्कलन र रोजगारी सिर्जनामा पनि उल्लेख्य उपलब्धि हासिल भएको जनाएको छ।

काठ, दाउरा, जडीबुटी र पर्यापर्यटनबाट यस वर्ष १ अर्ब ७० करोड रुपैयाँ राजश्व सङ्कलन भएको र अन्य संस्थागत आम्दानी ९० करोड रुपैयाँ भएको मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए।

त्यस्तै जडीबुटी तथा गैरकाष्ठ वन पैदावार ७ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात भएको छ। उनी भन्छन्, 'जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको निर्यातमा भएको वृद्धिले व्यापार घाटा कम गर्न योगदान पुग्नेछ भने वन क्षेत्रमा भएको रोजगारीको बढोत्तरीले बेरोजगारी समस्या कम हुनेछ।'

मन्त्रालयले एक वर्षमा लक्ष्यअनुसार एक करोड चार लाख ७२ हजार क्युफिट काठ र छ हजार चट्टा (४२ हजार मेट्रिक टन) दाउरा सङ्कलन गरेको छ। काठ सङ्कलनमा वृद्धि भएसँगै मुलुक काठमा आत्मनिर्भर हुने प्रवक्ता ढुङ्गानाको भनाइ छ। गत आवमा मात्र विभिन्न मुलुकबाट ५ अर्ब ७५ करोड मूल्यको काठ तथा काठजन्य सामग्री आयात भएको थियो।

पर्यापर्यटन क्षेत्रको भ्रमणमा वृद्धि

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने पर्यटन क्षेत्रमध्ये पर्यापर्यटन क्षेत्रको योगदान बढ्दो छ। एक वर्षको अवधिमा संरक्षित क्षेत्रमा ६ लाख ३० हजार, वनस्पति उद्यानहरुमा ४ लाख २ हजार, सदर चिडियाखानामा १० लाख २० हजार पर्यटकले भ्रमण गरेको मन्त्रालयको तथ्याङ्क छ। यसले सरकारको आयमा वृद्धि हुनाका साथै स्थानीयस्तरमा समेत रोजगारी सृजना भएको छ।

गत वर्ष मन्त्रालयले खुला प्राणी उद्यानका लागि भक्तपुरमा सूर्यविनायक प्राणी उद्यानको गुरुयोजना तयार गरेको छ। गत एक वर्षमा वनमा आधारित ६ सय ५० उद्योग स्थापना भएका छन् भने विद्युत, सडक, सिमेन्ट, सिँचाइलगायत ३७ विकास आयोजनालाई कूल ४ सय ८१ हेक्टर वन क्षेत्रको जग्गा प्रदान गरिएको छ। यसरी विकास आयोजना अघि बढाउँदा वन क्षेत्रमा देखिने कानुनी अड्चन र चुनौतीलाई मन्त्रालयले सहज र व्यवस्थित बनाउँदा विकासका पूर्वाधार सहज रुपमा अघि बढ्नेछन्।

वर्तमान सरकारको एकवर्षे अवधिमा पोल्यान्डमा आयोजित जलवायु परिवर्तनसम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्बोधन भएको थियो। सम्मेलनमा राष्ट्रपति भण्डारीबाट भएको उच्चस्तरको भ्रमण र सो अवसरमा उनले नेपालजस्ता जलवायु परिवर्तनवाट अति प्रभावित मुलुकको पक्षमा गरेकाे सम्बोधन फलदायी रह्यो।

यही वर्ष नेपाल नागोया अभिसन्धिमा सम्मिलन भई पक्ष राष्ट्र भएको छ भने वनमा आधारित कार्बन व्यापारका लागि विश्व बैंकसँग समझदारी भएको छ। यसले सञ्चिति कार्बन व्यापारमार्फत मुुलुकको आय बढाउन सहयोग पुग्नेछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मन्त्रालयले करीब ११ हजार हेक्टर राष्ट्रिय वन १ सय २१ वटा सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरी २६ हजार घरधुरीको काठ दाउरालगायत वन पैदावारमा दिगो पहुँच वृद्धि भएको जनाएको छ। यस अवधिमा भूकम्प पीडितलाई ८ लाख ५० हजार क्युफिट काठ सहुलियत दरमा उपलब्ध गराएको छ। यसले भूकम्पपछिको पुनर्निर्माणमा पनि सहजता भएको छ।

अतिक्रमित वन क्षेत्र पुनर्स्थापित र वृक्षरोपण

मन्त्रालयले गत एक वर्षमा रूख र जडीबुटी प्रजातिका गरी जम्मा एक करोड ९२ लाख नयाँ बिरुवा उत्पादन तथा वितरण गरेको जनाएको छ। मन्त्रालयले करीब दुई हजार हेक्टर खाली वनक्षेत्रमा वृक्षरोपण गरिएको र करीब एक हजार २ सय ५० हेक्टर अतिक्रमित वन क्षेत्र पुनर्स्थापित गरेको छ।

वनस्पति संरक्षण कार्यअन्तर्गत मन्त्रालयले गुराँस र विजय साल प्रजातिको संरक्षण कार्ययोजना स्वीकृत भएको एवम् १ हजार ७ सय ४३ विभिन्न जडीबुटी प्रजातिका नमूनाको प्रमाणीकरण तथा गुण निर्धारण गरी विदेश निकासीमा टेवा पुगेको मन्त्रालयको वार्षिक प्रगति विवरणमा उल्लेख छ।

२०७० सालमा बाघ गणनाबाट १ सय ९८ भएको बाघको सङ्ख्या २०७५ को बाघ गणनामा २ सय ३५ पुगेको छ। यसबाट सन् २०२० सम्म बाघको सङ्ख्या दोब्बर (२ सय ५० बाघ सङ्ख्या) पुर्‍याउने सरकारको अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा हुने लक्ष्यनजिक पुगेको छ। नेपालमा बाघको सङ्ख्या बढेको कारणले संसारका १५ प्रमुख पर्यटकीय गन्तव्यमा नेपाल पर्न सफल भएको मन्त्रालयको तथ्याङ्क छ।

प्रवक्त ढुङ्गाना भन्छन्, 'यस अवधिमा घडियाल गोही, हाब्रे, गैडा र सालक प्रजातिको संरक्षण योजना स्वीकृत हुनुका साथै पर्सामा वन्यजन्तु उद्दार केन्द्रको स्थापना र गैंडाको शून्य चोरी शिकार कायम गर्न हामी सफल भएका छौं।'

मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा करीब १३ करोड रुपैयाँ राहत वितरण गर्नुका साथै वन्यजन्तुबाट सख्त घाइतेलाई नि:शुल्क उपचार गर्न सुरु गरेको छ। चुरे संरक्षणका लागि मन्त्रालयले १८ किलिमिटर तटबन्ध गर्नुका साथै देशभर ३ सय पानी मुहान संरक्षण, १ सय ५० पहिरो व्यवस्थापन र १ सय ६४ नदी प्रणालीको नक्सांकन गरिएको छ। उपरोक्त कार्यले मुलुक वन वातावणका क्षेत्रमा समृद्ध हुनुका साथै जनताका जनजिविका सवालमा टेवा पुग्ने मन्त्रालयको विश्वास छ।

मन्त्रिपरिषद् बैठकले हालै ‘राष्ट्रिय वन नीति, २०७५’ स्वीकृत गरेको छ। सो नीतिअनुसार वन क्षेत्रको संरक्षण र सम्बर्द्धन कार्यका लागि ‘वन विकास कोष’को स्थापना गर्ने बाटो खुलेको छ। कोषमा वन क्षेत्रमा स्थापना हुने विकास आयोजनाबाट क्षतिपूर्तिवापत प्राप्त रकम जम्मा हुने र सो रकम वन क्षेत्रको संरक्षण र सम्बर्द्धनमा प्रयोग गर्ने मन्त्रालयको तयारी रहेको प्रवक्ता डा ढुंगानाकाे भनाइ छ।

उद्यमशिल मैत्री जनशक्ति, नीति र संरचना आवश्यक

सरकारले संकल्प गरेको समृद्धिमा वन क्षेत्रको योगदान लिन वन क्षेत्रका नीति उद्यमशील मैत्री हुनु पनि आवश्यक छ। नीतिका साथै वनका कर्मचारी र सरकारी संरचना पनि उद्यमशिलमैत्री हुन सके ठूलो मात्रामा रोजगारी सिर्जना भई समृद्धिको योगदान पुग्ने राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा प्रभु बुढाथोकी बताउँछन्।

मुलुकको कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा वन क्षेत्रको योगदान कति छ भन्ने विषयमा हाल औपचारिक लेखाजोखा भएको देखिँदैन। तर, वन र कृषि क्षेत्रको जोडेर जिडिपीमा ३२ प्रतिशत योगदान गर्ने गरेको सरकारी तथ्यांक छ। अनौपचारिक तथ्यांकअनुसार जिडिपीमा वन क्षेत्रले करिब ११ प्रतिशत योगदान रहेको मानिन्छ।

उनले भने, 'हरित र प्राकृतिक लेखाजोखा गर्ने नीति भए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन, अहिलेको परिस्थितिमा यो नगरी नहुने आवश्यकता हो।' निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको उदाहरण दिँदै उनी हरित र प्राकृतिक लेखाजोखा नहुँदा मुलुकलाई ठूलो मात्रामा वातावरणीय नोक्सान हुने परियोजना यथास्थितिमै अघि बढाइएको जानकारी दिन्छन्।

वन क्षेत्रले खासगरी ग्रामीण क्षेत्रमा ठूलो मात्रामा रोजगारी दिनसक्ने उल्लेख गर्दै डा बुढाथोकीले भने, 'यसका लागि वन क्षेत्रमा व्यापक मानव संशाधन परिचालन आवश्यक छ।' अहिलेको सरकारी संरचना र नीति संरक्षण तथा नियन्त्रणमा बढी केन्द्रित भएकाले यसलाई उद्यममैत्री बनाई समृद्धिमा योगदान लिन सकिने उनको तर्क छ।

मन्त्रालयको कार्ययोजनाअनुसार उपलब्धि हासिल भए पनि वन क्षेत्रमा थुप्रै समस्या र चुनौती कायम छन्। करीब एक लाख हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको, बाढी पहिरो, भू-स्खलन, नदीकटान जस्ता समस्या, वन पैदावारको चोरी–कटानी र वन्यजन्तुको अवैध शिकार, वन डढेलोको प्रकोप बर्षेनी हुँदै आएका छन्। यसलाई सम्बोधन गरी अघि बढ्न सके सरकारले सङ्कल्प गरेको मुलुक समृद्धिमा वन क्षेत्रले अपेक्षा गरेअनुसारको योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ।

प्रकाशित मिति: सोमबार, फागुन ६, २०७५  ०९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्