• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रेलभन्दा पानीजहाज छिटो ल्याउन खोज्ने प्रधानमन्त्री नै उद्घाटनमा डेढ घन्टा ढिलो पुगे

64x64
नेपाल लाइभ बिहीबार, फागुन २, २०७५  १५:२२
1140x725

काठमाडौं- बिहान १० बजेलाई तोकिएको थियो, 'नेपाल पानीजहाज कार्यालय' उद्घाटन कार्यक्रम। निर्धारित समयभन्दा १० मिनेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित केही सांसद र भौतिक योजना तथा यातायात मन्त्रालयका केही कर्मचारी उपस्थित भए। तर प्रधानमन्त्री केपी ओली आइपुगेनन्।

ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था प्रदेश ३ को कार्यालय र नजिकैको एक ड्राइभिङ सेन्टरबीच छ, पानीजहाज कार्यालय। त्यसको उद्घाटन गरेर प्रधानमन्त्री ओली राष्ट्रिय सभागृहमा आयोजना हुने ‘विद्युतमा जनताको लगानी’ कार्यक्रमको उद्घाटनमै पुग्नुपर्ने थियो। जहाँ पुग्नुपर्ने थियो, १०:३० बजे।

छोटो समयको फरकमा प्रधानमन्त्रीलाई दुइटा कार्यक्रम भ्याउनुपर्ने थियो। यसको व्यवस्था मिलाउने कर्मचारी र मन्त्रालयहरुबीचको समन्वयप्रति केही क्षण उदेक पनि लाग्यो।

साढे १० बज्यो। तर पनि प्रधानमन्त्री एकान्तकुनामा उपस्थित भएनन्। ठूलो निधार भएका भौतिक योजना तथा यातायात मन्त्रालयका एक कर्मचारीले सहकर्मीसँग कानेखुसी गर्दै थिए, ‘निर्धारित समयमा त कुन कार्यक्रम कहिले सुरू हुन्छ र?'

कैयौं काम थाती राख्दै कार्यक्रममा सरिक हुन पुगेका नेपाल सरकारका कर्मचारी मात्रै होइन मन्त्रीसमेतको अनुहार प्रधानमन्त्रीलाई कुर्दाकुर्दा ओइलाइसकेको थियो। 

परराष्ट्रमन्त्री ज्ञवाली यताउता हेर्न थाले र पछिल्तिर बसेका केही सांसदसँग गफिन थाले। पर्यटनमन्त्री अधिकारी मोबाइलमा व्यस्त देखिन्थे। भौतिक योजना तथा यातायतमन्त्री रघुवीर माहसेठ भने आफू मातहतका कर्मचारिलाई केही निर्देशन दिन थाले।

यतिन्जेलमा १०:४५ बजिसकेको थियो। राज्य सञ्चालन तहमा रहेकै जिम्मेवार व्यक्तिले किन समयलाई बेवास्ता गर्छन्? मनमा उठ्यो। अनि सम्झना आयो- मंसिर २२ गतेको नेकपा सचिवालय बैठकको। निर्धारित समयको १५ मिनेटसम्म पनि सचिवालय बैठक सुरू नभएपछि सचिवालय सदस्य पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक नै बहिस्कार गरेका थिए। सादय नेतृत्व गणलाई समयको ख्याल राख्न दबाब दिन यो उत्तम विकल्प पनि थियो।

१० बजे सुरू गर्ने कार्यक्रमका प्रमुख अतिथि ११ बजेसम्म पनि उपस्थित नभएपछि प्रधानमन्त्रीले सभागृहको कार्यक्रमलाई उद्घाटन गरेर पानीजहाज कार्यालय उद्घाटन गर्न आउने हुन् कि भन्ने चर्चा पनि उपस्थितमाझ चल्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

यसैबीच कार्यक्रमस्थलमा देखापरे, प्रधानमन्त्रीका राजनीतिक सल्लाकार विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाकार राजन भट्टराई। अब के निश्चित भयो भने प्रधानमन्त्रीले दुई कार्यक्रममध्ये पहिला पानीजहाज कार्यालय नै उद्घाटन गर्दैछन्। 

यसैबीच, भौतिक योजना तथा यातायत मन्त्रालयका सहसचिवले प्रधानमन्त्री कार्यक्रम स्थलमा उपस्थित हुँदै गरेको जानकारी दिए। प्रधानमन्त्रीको कार्यक्रममा उपस्थितिका विषयमा यो उनको दोस्रो जानकारी थियो। करिब दुई सय जना रहेको कार्यक्रम स्थलमा उनको यो भनाइलाई कसैले महत्व दिएनन्।

जब, भौतिक योजनामन्त्री रघुवीर महासेठ फूलको गुच्छा लिएर प्रवेशद्वारतिर गए, सबैको उत्सुक नजर त्यतै दौडिए।

लाग्यो, अब प्रधानमन्त्री छिट्टै कार्यक्रम स्थलमा प्रवेश गर्दैछन्। महासेठलाई साथ दिँदै थिए, नेपाल प्रहरीका पूर्व डिआइजी तथा नेकपाका संघीय सांसद नवराज सिलवाल र उनीपछि मन्त्रालयका कर्मचारी र अन्य गन्यमान्य व्यक्तिहरु। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, प्रधानमन्त्रीले पुन: सबैलाई निराश बनाइदिए, जब प्रवेशद्वारमा कुरेकाहरुले १० मिनेटसम्म पनि उनको स्वागत गर्न पाएनन्।

बिनाकाम प्रधानमन्त्रीलाई १ घन्टा १५ मिनेट प्रतीक्षा गर्ने मन्त्रीहरूको के कुनै काम थिएन मन्त्रालयमा? के उच्चपदस्थ व्यक्तिलाई कुर्नकै लागि सरकारी कर्मचारीलाई सरकारले तलब दिएको हो? लाग्यो, त्यतिका जनशक्ति कार्यालयमा बसेर काम गरेको भए कति जनताले सेवा पाउने थिए! तर, यो विषयमा कसले सोच्ने?

प्रधानमन्त्री झुल्किँदा करिब ११:२० बजिसकेको थियो। निर्धारित कार्यक्रम सूचीअनुसार उनले कार्यालयको उद्घाटन गरे। कार्यालयको भित्तामा देवनागरी लिपिमा लेखिएको ‘नेपाल पानीजहाज कार्यालय’को लेखोटलाई उनले मन्द मुस्कासहित केहीबेर देखाइरहे। 

यो दृश्य देख्दा लाग्थ्यो, नेपालमा पानीजहाज आउँछ भन्दा ‘हावादारी’ भन्ने व्यक्तिलाई उनले जवाफ दिइरहेका छन्।

४८ वर्ष पहिले स्थापना भएको पानीजहाज कार्यालयले काम गरेन, के अब नयाँले गर्ला?

कार्यक्रममा अर्को रोचक दृश्य पनि देखियो।

प्रधानमन्त्री ओली मञ्चमा आसीन हुँदै गर्दा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव पनि कार्यक्रममा पुगिसकेका थिए। तर, उनी मञ्चमा थिएनन्। प्रधानमन्त्रीको दायाँ बसेका परराष्ट्रमन्त्री ज्ञवालीले हातको इसाराले उनलाई मञ्चमै बोलाए। तर पनि उनी गएनन्। लाग्थ्यो, बुधबार मनाइएको 'जनयुद्ध' दिवसलाई अपनत्व नदिएका कारण उनी प्रधानमन्त्रीसँग एउटै मञ्चमा आसीन नभएका त होइनन्?

तर, बुधबार नै प्रधानमन्त्रीले बोक्सी र जँड्याहाको उदाहरण दिँदै आमा–बाबुलाई एकविरुद्ध अर्को प्रयोग गर्ने खेल जस्तो आफ्नो पार्टीभित्र वैमनश्यता पैदा गर्ने काम भइरहेको बताएका थिए। त्यसैले पनि मन्त्री यादव मञ्चमा नजानुलाई नै पार्टी वैमनश्यतासँग जोडेर हेर्न उचित नहोला!

कार्यालय उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पानीजहाज आउने कुरा दोहोर्याए। ‘छिट्टै पानीजहाजको टिकट काट्न पाइन्छ, चिन्ता नगर्नुहोस्,’ पानीजहाज ल्याउने विषयमा उनको आलोचना गर्नेहरुलाई जवाफ दिँदै उनले भने, ‘यो कार्यालय काम गर्न बनाइएको हो, कोही इन्जिनियरले काम पाएनन् भनेर कार्यालय स्थापना गरेको होइन।’

प्रधानमन्त्रीले नेपालमा रेलभन्दा पहिला पानीजाहाज आउने कुरामा पनि सबैलाई आश्वस्त पार्ने कोसिस गरे। नेपालमा २०२७ सालमा पनि पानीजहाज कार्यालय स्थापना भएकोतर्फ इंगित गर्दै उनले त्यो बारेमा आफूलाई जानकारी नभएको बताए। 

प्रधानमन्त्री ओलीले नेपालमा पानीजहाजको नयाँ युगको सुरूवात भएको दाबीसमेत गरे।

‘नेपाल भूपरिवेष्टित राष्ट्र भनेर खुम्चिनु पर्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा पानीजहाजको आवश्यकता भइसक्यो। जलमार्गको प्रयोग गरी काठमाडौं, कोसी तथा वीरगन्जमा सामान पठाउन पनि पानीजहाज आवश्यक भइसक्यो।’

प्रधानमन्त्री ओली पानीजहाजको आवश्यकताबारे जति उत्साहित भइरहेका थिए, उनको ढिलो उपस्थितिप्रति विशिष्ट पाहुनाको अनुहारले उनैलाई गिज्याइरहेको थियो।

प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५  १५:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्