काठमाडौं– नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १८ किलो सुन बरामद गरेको छ।
कञ्चनपुरको पुर्नवास नगरपालिका २ दशरथ बस्तीबाट आज उक्त सुन बरामद भएको हो। उक्त परिमाणको सुनसहित एक जनालाई पक्राउ गरेको सिआइबीका डिआइजी निरज शाहीले नेपाल लाइभलाई जानकारी दिए।
खाल्डो खनेर गाडिएको अवस्थामा सुन फेला परेको हो। पक्राउ परेकाहरुको नाम प्रहरीले गोप्य राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।